१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

श्रेष्ठ लुम्बिनी प्रदेशबाट महासंघको केन्द्रीय सदस्यको उम्मेदवारमा निश्चित

Logo
प्रकाशित बिहिबार, आश्विन २९, २०७७

महेन्द्र सिंह
बाँके नेपालगन्ज व्यवसाय र उद्योग वाणिज्य महासंघको राजनीतिमा लामो समयदेखि सक्रिय नेपालगन्जकी रचना श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निश्चित भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघले उनलाई उम्मेदवारका रुपमा अगाडी सार्ने निर्णय गरेको छ ।
श्रेष्ठ दुई दशकदेखि व्यवसायमा र डेढ दशकदेखि नेपालगन्ज उद्योग वाणिज्य संघमा सक्रियतापूर्वक लागिरहेकी महिला व्यवसायी हुन ।
नेपालगन्जको व्यवसायीक राजनीतिमा सक्रिय महिलाको सूचीमा सबैभन्दा अगाडी श्रेष्ठकै नाम आउँछ ।
श्रेष्ठले २०५६ सालमा व्यवसाय शुरु गरेकी थिइन । उनको पानी उद्योग अहिले पनि सन्चालनमा छ ।
२०६३ सालबाट श्रेष्ठले नेपालगन्ज उद्योग वाणिज्य संघबाट व्यवसायीक राजनीतिक शुरु गरेकी हुन ।
दुई पटक संघको कार्यसमिति सदस्य, एकपटक उपमहासचिव हुँदै साविकको क्षेत्रीय समिति सदस्यमा चुनाव लडेर जितिन ।
नेपालगन्ज उद्योग वाणिज्य संघ मात्र नभई महासंघको निर्वाचनमा श्रेष्ठले सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्दै आएकी छन् ।
पुख्र्यौली घर पाल्पा भएपनि उनको जन्म र कर्म भने नेपालगन्जमै रह्यो । राससका तत्कालिन क्षेत्रीय प्रमुख रहेका उनका पिता मुनिन्द्रलाल श्रेष्ठ चर्चित पत्रकार हुन । आमा मिना श्रेष्ठ समेत व्यवसायीक क्षेत्रमा सक्रिय छिन् ।
यसपटकको चुनावमा लुम्बिनी प्रदेशका उद्योग वाणिज्य संघका उम्मेदवारले सर्बसम्मतरुपमा चुनाव जिताउन सक्ने आकल गरिएको छ ।
लामो समयदेखि व्यवसायीक राजनीतिक इतिहास बोकेकी महिला व्यवसायी रहेका कारण उनलाई जिताउने सम्भावना छ । उनलाई सर्बसम्मत गराउने गरी पहल भइरहेको छ । लामो समयदेखि व्यवसाय र व्यवसायीक राजनीतिक क्षेत्रमा सक्रिय महिला व्यवसायीलाई सर्बसम्मत केन्द्रीय सदस्य बनाउने धेरैको अपेक्षा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!