१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

दाङ प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना लागु सयौं प्रहरी परिचालन

Logo
प्रकाशित शुक्रबार, आश्विन ३०, २०७७

सागर थापा
दाङ जिल्ला प्रहरी कार्यालय दाङले जिल्लामा चाडपर्व विषेश सुरक्षा योजना लागु गरेको छ । हिन्दु नेपालीहरुको महान पर्व वडा दशैं, तिहार तथा छठपर्वको समयमा हुन सक्ने अपराधिक कार्यलाई रोक्न उक्त सुरक्षा योजना लागु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार विभिन्न युनिटमा प्रहरी परिचालन गरि चाडपर्वको समयमा १ सय ९ जना प्रहरी परिचालन गरिने छ । उक्त सुरक्षा योजना अुनसार जिल्लाभर रातको समयमा ३० ठाउँमा सवारी चेकजाँच, २४ सौँ घण्टा पैदल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, दाङका मुख्य नाकामा चेकजाँचका साथै दिउँस तथा रातको सयमा हुन सक्ने चोरी, डकैती,जुवातास, लुटपाटलाई लक्षित गरि आकस्मितक कर्ड एण्ड सर्च अपरेसन समेत सञ्चालन गरिने छ। यसैबीच जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्वको सयमा घरमा चोरी डकैती हुन सक्ने भन्दै सतर्क हुन आम नागरिकलाई आग्रह गरेको छ । घर बाहिर निस्कदा झ्याँल ढाका राम्रोसँग लगाउन, सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गर्न, जथाभावी मादक पदार्थ नबेच्न र सेवन नगर्न साथै कोरोना जोखि रहेको भन्दै सामाजिक दुरी कायम गर्न र घरमै बसेर मनाउन कार्यालयको आग्रह छ । यस्तै कुनै पनि घटना भएमा वा घटना हुन सक्ने आशंका भएमा नजिकको प्रहरी कार्यालय वा १०० फोन नर्ग पनि प्रहरीले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफू काठमाडौँ महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ । उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत […]

काठमाडौं । राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ पूर्वप्रधानमन्त्री नेपालले वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेश राख्ने सुविधा दिन अस्वीकार गरेको हो । कुनै व्यक्तिले निश्चित कामका लागि आफ्नो अधिकार दिई खटाएको व्यक्तिलाई वारेश भनिन्छ । अदालतमा […]

  रुपन्देही । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा ९८ पुरुष र २३ महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा कुल ८०२ वटा सवारी दुर्घटना भएका थिए, जसमा १ हजार १६२ सवारीसाधन संलग्न थिए । ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले सुविधासम्पन्न सडकमा चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना बढेको बताइन् । […]

error: Content is protected !!