०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

सल्यानमा ६५ औ प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, कार्तिक ०१, २०७७

मनाेज डाँगी
सल्यानका प्रमुख जिल्ला अधिकारी हेमराज तामाँगले जिल्लामा शान्ती सुरक्षा कायम राख्न सल्यान प्रहरीको भुमिका प्रशँसनीय रहेको बताउनु भएको छ ।जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजनामा ६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तामाँगले यस्तो बताउनु भएको हो ।
कार्यक्रमलाइ प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी तामाँगले जिल्लामा मानवअधिकारको संरक्षण तथा शान्ती शुरक्षा कायम राख्न प्रहरीले हालसम्म खेलेको भुमिकाको प्रशंसा गर्दै उहाँले आामी दिनमा पनि यस कार्यलाइ निरन्तरता दिन आग्रह गर्नु भयो ।
उहाँले अपराध रहति समाज निर्माण गर्न थप उर्जाशील भएर लाग्न मातहतका सबै प्रहरी कार्यालयहरुलाइ निर्देशन समेत दिनुभयो ।सो अवसरमा उहाँले अमर प्रहरीका आश्रित परिवारलाइ दोसल्लाद्दारा सम्मान तथा पुर्व प्रहरीलाइ खादा ओढाएर सम्मानित गर्नु भयो ।
यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले जिल्ला प्रहरीलाइ सहयोग गरेर यो स्थान सम्म पुर्याउने सबैलाइ धन्यवाद व्यक्त गर्नुभयो।उहाँले अहिलेको अवस्थामा शान्ती सुरक्षा संगै कोभिड–१९मा समेत प्रहरीले अग्रपंग्तीमा रहेर काम गर्नुपर्ने भएकाले थप चुनौतीको सामना गर्न समेत प्रहरी तयारी अवस्थामा रहेको बताउनुभयो ।
प्रहरी दिवशको अवसरमा आयोजित कार्यक्रममा प्रहरीलाइ जग्गा प्रदान गर्ने जग्गादाता,प्रहरीको सहयोगी संस्था तथा सर्वसाधारण, कार्यसम्पादनमा उत्कृष्ट प्रहरी कर्मचारी लगायतका लाइ सम्मान गरिएको थियो । कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इन्सपेक्टर लक्ष्मण वलीले गर्नु भएको थियो । कार्यक्रममा शहिद प्रहरीको शालीकमा माल्यार्पण समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!