०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पहिलो पटक चितवन मेडिकल कलेजमा कृत्रिम गर्भाधानबाट बच्चा जन्मियो

Logo
प्रकाशित शनिबार, कार्तिक ०१, २०७७

राकेश श्रेष्ठ
चितवन मेडिकल कलेज भरतपुरमा पहिलो पटक कृत्रिम गर्भाधान विधिबाट बच्चा जन्मिएको छ ।
विगत १५ वर्षदेखि सन्तान हुन नसकेको भरतपुरका दम्पतीको कृत्रिम गर्भाधान विधिबाट शनिबार छोराको जन्म भएको अस्पतालले जानकारी दिएको छ ।
प्रसुती विभागका डाक्टर रेनुका ताम्राकारको टीमले शल्यक्रिया गरी बच्चाको जन्म दिएको हो ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालले शनिबार गत वर्ष माघमा कृत्रिम गर्भाधान गरिएको र शल्यक्रियामार्फत शिशु जन्मिएको जानकारी दिए । अस्पतालले चितवनमै पहिलोपटक कृत्रिम गर्भाधानबाट शिशु जन्माइएको दाबी गरेको छ ।
शल्यक्रियाबाट जन्माइएको शिशु र आमाको स्वास्थ्य सामान्य रहेको डा. लम्सालले बताए ।कृत्रिम गर्भाधान सेवा लिएका पहिलो दम्पत्तीबाट बच्चा जन्माउन सफल भएको अस्पतालको दाबी छ । दुई वर्षअघि यो सेवा सुरु गरेको अस्पतालले अन्य केही दम्पत्तीको समेत कृत्रिम गर्भाधान सेवा दिएको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!