२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

नेपालगञ्जको वाटरपार्कमा डुबेर दश वर्षीय खाँको मृत्यु

Logo
प्रकाशित शनिबार, कार्तिक ०१, २०७७

महेन्द्र सिंह  बाँके                                           नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ बाट समूह बनाइ वाटरपार्कमा पौडी खेल्न पुगेका खाँको डुबेर मृत्यु भएको हो ।
घरमा उनीहरुले माछा मार्न जाने बताएको बुझिएको छ । वडा नं. १, धम्बोझीमा रहेको वाटरपार्कमा पुगेपछि उनीहरु पौडी खेलेका थिए । पौडी खेल्ने क्रममा खाँ गहिरोमा परेको प्रहरीले बताएको छ ।
नेपालगञ्जको पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी वाटरपार्कलाई सफाई गरिएको छ । अहिले ठेक्का गइनसकेकाले त्यहाँ जो पनि जाने सक्ने अवस्था छ । तलाउको वरिपरि भने रेलिङ लगाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् […]