२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

बाँके प्रशासनले तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध लगायो

Logo
प्रकाशित शनिबार, कार्तिक ०१, २०७७

महेन्द्र सिंह
जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै यो पटक देउसी भैलो नखेल्न अनुरोध गरेको छ । प्रशासनले निर्णयबिरुद्ध देउसी भैलो खेलेको पाइएमा कारवाही गर्नेसमेत चेतावनी दिएको छ ।
साथै दशैं अवसरमा गरिने शुभकामना आदानप्रदान कार्यक्रममा समेत रोक लगाइएको छ । यस्तै कुनै पनि राजनीतिक दल, संघ संस्था भेला भइ गरिने क्रियाकलापमा समेत रोक लगाइएको प्रशासनको सूचनामा उल्लेख छ ।
चाडपर्वका अवसर पारेर कुनै राजनीतिक दल, संघ, संस्था, समूह तथा संजालहरुले भेला भइ गरिने शुभकामना आदानप्रदान, देउसी भैलो, खेलकुदलगायतका क्रियाकलाप सञ्चालन नगर्न सूचनामार्फत अनुरोध गरिएको छ ।
प्रशासनले जारी गरिएका निर्णयको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई प्रचलित कानूनअनुसार कारवाही हुने चेतावनी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]