२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

कैलालीमा मेयर र उपमेयरबीच कार्यक्रम स्थलमै हात हालाहाल

Logo
प्रकाशित शनिबार, कार्तिक ०१, २०७७

राजन चौधरी
कैलालीको घोडाघोडी नगरपालिका मेयर ममता प्रसाद चौधरीले उद्घाटन गरेको वडा कार्यालयको भवनको शिलालेखमा उपमेयरले ढुंगा हानेकी छन् । शिलालेखमा आफ्नो नाम नदेखेपछि रिसाएकी उपमेयर प्रेमकुमारी थापाले ढुंगा हानेकी हुन् । कैलालीको तीन वटा वडाले आफ्नै भवन बनाएर उद्घाटन गरेका हुन् । नम्बर ७, ५ र १२ ले भवन निर्माण गरेपछि मेयर चौधरीवाट उद्घाटन गरिएको थियो ।
तर भवन उद्घाटन कार्यक्रममै ववाल भयो । मेयर र उपमेयरबीचको बीवाद सबैका सामुन्ने छताछुल्ला भएको हो । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापाले विरोध गरेकी हुन् । शिलालेखमा आफ्नो नाम नदेखेपछि उनले विरोध गरेकी हुन् ।
शिलालेखमा मेयर र वडा पदाधिकारीको मात्र नाम लेखीएको थियो । जानी जानी उपमेयरको नाम छुटाइएको भन्दै उपमेयरले विरोध गर्दै शिलालेखमै ढुंगा हान्न पुगेकी हुन् । उनले मेयरविरुद्ध नाराबाजी गरिन्
शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने भन्दै विरोध गरेपछि उपमेयरको नाम समेत लेख्ने सहमति भएको छ । उद्घाटन कार्यक्रममै विवाद भएपछि वडाध्यक्ष धनबहादुर बमले मेयर र उपमेयर दुबैलाई जान आग्रह गरे । उनले मेयरवाट पनि भवन उद्घाटन नगर्ने आफै उद्घाटन गर्ने भन्दै कार्यक्रमवाट दुवैजनालाई जान आग्रह गरे । तर उपमेयर थापा भने कार्यक्रमवाट समेत गइनन् ।
मेयर ममताप्रसाद चौधरीले वडा नम्बर ७ को कार्यालय भवन उद्घाटन गर्ने क्रममा उपमेयर थापाले ढुङ्गाले सिलालेखमा बजारेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा मेयरले कार्यालय भवनको उद्घाटन गर्ने बितिकै उपमेयर थापाले सिलालेखमा ढुङ्गाले बजारेको देखिन्छ ।
मेयर चौधरीले उपमेयर थापाको हात हटाउँदै नगर्न भन्छन्। त्यती नै बेला कार्यक्रमै उपस्थित एक महिलाले के तरिका हो ? भन्छिन्। उपमेयर थापा रिसाउँदै ‘किन तरिका होइन् रु’ भनेर जवाफ फर्काइएको सुनिन्छ । मेयर चौधरीले हात हटाउँदै मर्यादाको पनि हद हुन्छ नी भन्दै बस्न आग्रह गर्छन्। तर उपमेयर उनको आग्रहलाई मान्ने पक्षमा देखिदैनन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]