२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

नेपाल विद्यार्थी संघको ५३ जनाले रक्तदान गरे

Logo
प्रकाशित सोमबार, कार्तिक ०३, २०७७

बिवेक गाहा                                                          नेपाल विद्यार्थी  संघ,हल्दिबारी गाउपालिका वडा १ को आयोजनामा गरिएको बृहत् रक्त सन्कलन कार्यक्रममा समाबेशी उपस्थिति सहित ५३ जनाले रक्तदान गरेकाछन उक्त कार्यक्रमको सभापतित्व ने बि स हल्दिबारी-१ का सभापती करण कटुवालमा भएको, प्रमुख अथितिको रुपमा प्रदेश साम्सद एवम नेपाली काङ्ग्रेसका नेता ॐ सरावगी हुनुहुन्थ्यो साथै ने का का जिल्ला, क्षेत्रीय तथा हल्दिबारी गा पा का अग्रज नेतागणको उपस्थिती थियो।विशेष अथितिको रुपमा हल्दिवारी वडा न-१का अध्यक्ष त्रिलोचन सापकोटा राप्रपा नेता दिलकेशर थापा सहित अन्य राजनैतिक पार्टीका नेताहरु लगायत गोलधाप प्रहरी चौकी प्रमुख थापाको उपस्थिती रह्यो। उक्त रक्तदान कार्यक्रममा हल्दिबारी-२ स्थायी निवासी प्रहरी हवल्दार मुकेश शाह, युवा नेता पारस तिम्सिना सहित ५३ जनाले रक्तदान गरे भने प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, झापा द्वारा प्रदान गरेकोथियो।कोरोनाको उच्च जोखिम सङ्गै बढेको रक्त अभावलाइ परिपुर्ति गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमका सन्चालक सचिब किशोर ढुङ्गेलले गर्नुभएकोथियो, विशेष निगरानी सहित उच्च सतर्कता अपनाइएर गेटवेल मेडिको, जागृती क्याम्पस चोकमा कार्यक्रम आयोजना गरिएकोथियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]