१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

बाँके प्रहरी मन्दिर सरसफाइमा

Logo
प्रकाशित सोमबार, कार्तिक ०३, २०७७

महेन्द्र सिंह                                                            बाँके प्रहरीले नजिकिदै गरेका नेपालीहरुको चाडपर्वहरु दशैं, तिहार तथा छठ पर्वहरुको अवसरमा नेपालगन्जमा रहेका धार्मिकस्थल मठ तथा मन्दिर सरसफाइको अभियान संचालन गरेको छ ।
अभियान अन्तर्गत आज नेपालगन्ज २, मा रहेको हिन्दुहरुको प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिरको परिसर वरिपरि सरसफाइ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले आज बिहान बागेश्वरी मन्दिर वरिपरि सरसफाइ गरेको हो ।
बाँके प्रहरीले निजिकिदै गरेका चाडपर्वलाई मध्येनजर गर्दै हुनसक्ने सम्भावित अपराधलाई नियन्त्रण गर्नका लागि जिल्लामा विभिन्न १४ बुँदे विशेष सुरक्षा योजनालाई पनि सङसङै अगाडी बढाएको छ । प्रहरीले सामाजिक कार्य अन्तर्गत आजबाट मठ मन्दिरको सरसफाइको सुरुवात गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

error: Content is protected !!