२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

बाँके प्रहरी मन्दिर सरसफाइमा

Logo
प्रकाशित सोमबार, कार्तिक ०३, २०७७

महेन्द्र सिंह                                                            बाँके प्रहरीले नजिकिदै गरेका नेपालीहरुको चाडपर्वहरु दशैं, तिहार तथा छठ पर्वहरुको अवसरमा नेपालगन्जमा रहेका धार्मिकस्थल मठ तथा मन्दिर सरसफाइको अभियान संचालन गरेको छ ।
अभियान अन्तर्गत आज नेपालगन्ज २, मा रहेको हिन्दुहरुको प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिरको परिसर वरिपरि सरसफाइ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीको कमान्डमा खटिएको प्रहरी टोलीले आज बिहान बागेश्वरी मन्दिर वरिपरि सरसफाइ गरेको हो ।
बाँके प्रहरीले निजिकिदै गरेका चाडपर्वलाई मध्येनजर गर्दै हुनसक्ने सम्भावित अपराधलाई नियन्त्रण गर्नका लागि जिल्लामा विभिन्न १४ बुँदे विशेष सुरक्षा योजनालाई पनि सङसङै अगाडी बढाएको छ । प्रहरीले सामाजिक कार्य अन्तर्गत आजबाट मठ मन्दिरको सरसफाइको सुरुवात गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]