१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

बाँकेमा थप ४ वटा बोर्डरमा विओपी पोष्ट स्थापना

Logo
प्रकाशित सोमबार, कार्तिक ०३, २०७७

महेन्द्र सिंह  बाँके                                             जिल्लाभर कालाबञ्जार, खडैंचा, जमुनाहा र कट्कुइँयामा स्थापना गरिएका विओपीको आज लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी प्रमुख किशोर प्रधानले उद्घाटन गर्नुभएको छ ।
विभिन्न विओपीहरुको उद्घाटनका क्रममा प्रधानले सशस्त्र प्रहरीले चोरी पैठारी, अवैध सामान ओसारपसार, चेलीबेटी बेचबिखन रोकथाम, सीमा सुरक्षा लगायतका कार्य गर्दै आएको बताउनुभयो । उहाँले अवैध तस्करी हुँदैछ भन्ने जानकारी पाएमा सशस्त्र प्रहरीलाई खबर गर्न स्थानीयलाई अनुरोध समेत गर्नुभयो । लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी प्रमुख प्रधानले थपिएका विओपीहरुले अवैध तस्करी रोकथाम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । “पानी समेत नभनी सशस्त्र प्रहरीले गरेको सीमा सुरक्षाका लागि धन्यवाद समेत दिन चाहन्छु,” उहाँले भन्नुभयो । मानव अधिकारको पालना गर्दै भारतको सीमा सुरक्षा बल लगायत स्थानीय र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुसंग समन्वय गरेर काम गर्न प्रधानले निर्देशन समेत दिनुभयो ।
विओपी उद्घाटन कार्यक्रममा बाँकेमा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ, बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर राना, सशस्त्र प्रहरी बाँके प्रमुख अशोक बम, अनुसन्धान बिभाग बाँके प्रमुख उपअनुसन्धान निर्देशक नरेन्द्रराज गिरी, डुडवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष शाहिदा बानो, नेपाली सेनाका प्रतिनिधि लगायत उपस्थित हुनुहुन्थ्यो । उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ कुरुम्बाङले अवैध तस्करी रोक्न सबैको कर्तब्य हुने बताउनुभयो । उहाँले सीमामा बस्ने सशस्त्र प्रहरीले राम्रो कार्य गरिरहेको भन्दै अझ परिणाम निस्कने गरी कार्य गर्न निर्देशन समेत दिनुभयो ।
नेपालगञ्जस्थित जुमनाहा बिओपीको उद्घाटन कार्यक्रमको सहजीकरण बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक जीवननलाल बुढाले गर्नुभएको थियो । कालाबञ्जार बिओपी उद्घाटन कार्यक्रमको सञ्चालन बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक सन्तोष डाँगीले गर्नुभएको थियो । लुम्बिनी प्रदेश अन्तर्गत् सशस्त्र प्रहरीको बिओपीमा नेपालगन्जको कालबञ्जार भदौ महिनाको उत्कृष्ट बिओपी भएकाले सशस्त्र प्रहरी निरिक्षक डाँगीलाई धन्यवाद दिइएको थियो । त्यस्तै खडैंचा बिओपी उद्घाटन कार्यक्रमको सहजीकरण बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक विशाल पाण्डेले गर्नुभएको थियो । त्यस अवसरमा गाउँपालिकाका अध्यक्ष चौधरीले बिओपी स्थापनाले चोरी नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले खडैंचा बिओपीलाई गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।
कटकुइँया बिओपी उद्घाटन कार्यक्रमको सञ्चालन बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक धिरेन्द्र बडवालले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट आतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरमा रहेका सबै बिओपी तस्करी विरुद्ध कडारुपमा उत्रिएको भन्दै सशस्त्र प्रहरी जनतासंग हातेमालो गर्दै अगाडि बढेको बताउनुभयो । गाउँपालिका क्षेत्रभित्र रहेका ३ वटा बिओपीलाई गाउँपालिकाले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । डुडुवास्थित खडैचा बिओपी निर्माणमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुभएका सशस्त्र प्रहरी नायब निरीक्षक शिव रावत, सहयक निरीक्षक तिर्थ भाट क्षेेेेेेत्रीी लगायत १४ जनालाई सम्मानसहित नगद पुरस्कारले सम्मान गरिएको थियो।
उता शसस्त्र प्रहरी बल नेपाल ३१ नम्वर गणको बोर्डर आउट पोष्ट बर्दियाको मधुवन नगरपालिकाको वडा नम्वर ३ भगरैयामा लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानले नै उद्घाटन गर्नुभयो । त्यस अवसरमा बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, मधुवन नगरपालिकाका मेयर गणेश क्षेत्री र सशस्त्र प्रहरी बल ३१ नम्वर गणका गणपति नरवहादुर रावलको पनि उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सभापति रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो उपसभापति डा. स्वर्णिम वाग्ले काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्। शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा […]

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

error: Content is protected !!