०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दशैलाई मध्यनजर गर्दै सघंसस्थाहरुले असाहायहरुलाई घरमै पुगेर सहयोग

Logo
प्रकाशित सोमबार, कार्तिक ०३, २०७७

तेज वली  तुल्सीपुर                                      नेपालीहरुको महानपर्व पर्ने समस्यालाइ मध्यनजरगर्दै
लायन्स क्लव अफ दाङ र लियो क्लब अफ दाङ तुलसीपुरले आफ्नो सामाजिक उत्तरदायित्वको अभियान अन्तर्गत सोमवार विभिन्न सिमान्तिकृत समुदायहरुलाइ सहयोग गरेको छ ।
आवस्यकता हेरेर नगद सहित न्याना कपडा, चामल, नुन, दाल, तेल, आटा तथा विद्यालयमा अध्ययन गर्ने असहाय वालवालिकाहरुलाइ स्टेशनरी सामान समेत वितरण गरिएको लायन्स क्लव अफ दाङका अध्यक्ष सुरेश हमालले बताउनुभएको छ ।
रिपोटर्श क्लव दाङले स्थापना भएसंगै विगत १० बर्षदेखि यस्ता सामाजिक उत्तरदायित्व अभियानको समन्वय गर्दै आएको छ ।
ती दुइ संस्थाले तुलसीपुर उपमहानगरपालिका—१९ बस्ने शारीरिक रुपमा अपांग व्यवसायी गीता बुढालाइ १५ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
कोभिड—१९ को संक्रमण व्यापक बन्दै जनजिविका असहज बन्दै गएको अवस्थामा आएको बडादशैं पर्वलाइ समेत लक्ष्ति गरेर लायन्स क्लव दाङ र लियो क्लव तुलसीपुर दाङले विजौरीमा रहेको श्री असहाय वालविकाश केन्द्र विजौरीमा आश्रित वालवालिकाहरुलाइ पनि स्टेशनरी सहित दाल चामल, नुन, आटा लगायतका सामाग्रि उपलव्ध गराएको थियो ।
त्यसैगरी सामाजिक उत्तरदायित्वसंगै नेपालीहरुको महानपर्वमा पर्ने समस्यालाइ मध्यनजरगर्दै ती दुइ संस्थाले तुलसीपुर उपमहानगरपालिका—४ रक्षाचौरमा अस्थाइ बसोबासगर्दै आएका दृष्टिविहिनका परीवारलाइ पनि नगद ५ हजार सहित दालचामल, आटा नुन, तेल लगायतका सामाग्रि उपलव्ध गराएको थियो । रुपा गन्धर्वको परीवार विगत ७ बर्षदेखि यसरीनै जिवन गुजारा गर्दै आएको छ ।
त्यस्तै लायन्स क्लव अफ दाङले तुलसीपुर उपमहानगरपालिका—गोलौराका क्यानसर पिडित गोवर्धन वलीलाइ पनि आर्थिक सहयोग गरेको छ । सो अवसरमा लायन्स क्लव अफ दाङले १० हजार रुपैया तथा तुलसीपुरका युवा व्यवसायी हेमन्त डांगी र पुर्णिमा डांगीले १० हजार ५ सय रुपैया वलीको उपचारार्थ सहयोग गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग अभियानमा लायन्स क्लव अफ दाङका अध्यक्ष शुरेस हमाल, क्लवका पुर्वअध्यक्ष विनोदकुमार श्रेष्ठ, विमल रिजाल, निवर्तमान अध्यक्ष यज्ञ वहादुर केसी, सदस्यहरु गोरख वली, सन्जय पराजुली, लायन्स क्लव अफ दाङका कोषाध्यक्ष लोकराज विष्ट, सदस्य पुष्प जिएम, लियो क्लव अफ दाङ तुलसीपुरका उपाध्यक्ष राजेन्द्र महतारा, उपाध्यक्ष निर्मल खडका,सहसचिव प्रकाश न्यौपाने, पत्रकार खेमराज रिजाल, बालाराम खड्का लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!