१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

सरकारले प्रतिकिलो खशीको मासु १०० रुपैयाँ सस्तोमा बिक्री गर्ने

Logo
प्रकाशित सोमबार, कार्तिक ०३, २०७७

सागर थापा                                                       सरकारले बजारमूल्यको तुलनामा संस्थानले प्रतिकिलो करिब १०० रुपैयाँ सस्तोमा खसी मासु बेच्ने निर्णयसमेत गरेको छ ।‘मूल्य निर्धारण गर्नुअघि सबै बजार विश्लेषण गर्यौं, बजारमा प्रतिकिलो साढे ६ सय रुपैयाँसम्ममा बिक्री गरेको देखियो,’ कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले भने, ‘खाद्य कम्पनीले भने उपभोक्तालाई प्रतिकिलो ५ सय ५० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।’ दसैंलाई लक्ष्य गरी खाद्यले हरेक वर्ष खसीबोका तथा च्यांग्रा बिक्री गर्दै आएको छ ।
खाद्यले बिक्री गर्ने खसीबोकाको संख्या न्यून रहे पनि मुख्य उद्देश्य बजार हस्तक्षेप अर्थात् मूल्य नियन्त्रण गर्न रहेको उनले थापाले बताए । ‘चाडपर्वमा खसीबोका बिक्री गर्नुको उद्देश्य नै बजारभाउ बढ्न नदिनु नै हो । सरकारले मूल्य तोकेपछि व्यापारीहरूले बढी तोक्न सक्दैनन्,’ कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले भनिन्, ‘आइतबार ४ सय ५ वटा खसीबोका आइसकेका छन् । सोमबारदेखि नै बिक्री गर्छौं ।’
आइतबार ल्याइएका खसीबोका तुलसीपुर र हेटौंडाका हुन् । ठाउँअनुसार प्रतिकिलो ५ सय ३५ देखि ५ सय ६० रुपैयाँसम्ममा खरिद गरिएको उनले जानकारी दिइन् । ‘खरिद मूल्य, ढुवानी, प्रशासनिक खर्च, खसीबोकालाई चाहिने दानासहित जोडेर प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गरेका छौं । त्यसमा सरकारले प्रतिकिलो १० रुपैयाँ छुट दिन्छ । उपभोक्ताले प्रतिकिलो ५ सय ५० रुपैयाँमा खसी पाउँछन्,’ उनले भनिन्, ‘यो बिक्री मूल्य गत वर्षकै हो । भाउ बढाएका छैनौं ।’
कम्पनीले यसपालि ३ हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने लक्ष्य राखेको थियो । त्यसमा कोभिड–१९ को बढ्दो संक्रमणका कारण एक हजार संख्या घटाएको थियो । त्यसमा पनि एक हजार च्यांग्रा ल्याउने योजना बनाएको थियो । त्यो पनि सम्भव नभएपछि एक हजार खसीबोका मात्रै बिक्री गर्ने भएको छ । ‘यसपालि १ हजार वटा मात्रै खसीबोका बिक्री गर्ने योजना छ । तर आवश्यक परे संख्या बढाउन सक्छौं,’ न्यौपानेले भनिन् । कम्पनीले गत वर्ष खसीबोका र च्यांग्रा गरी ३ हजार २० वटा बिक्री गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!