०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

तुलसीपुरमा संचारकर्मी सुनारमाथि लुटपाट प्रहरीद्वारा खोजीकार्य तीब्र

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७


तेज वली   तुलसीपुर                                             रेडियो हाम्रो पहुँच एफएम तुलसीपुरमा कार्यरत संचारकर्मी सविता सुनारमाथि लुटपाट भएको छ । कार्यालयबाट काम सकेर घर फर्केने क्रममा आज साँझ ७ बजे तुलसीपुरको गुल्मचोक नजिकै ओम शान्ति सिनेमा हल अघि लुटपाट भएको हो ।
संचारकर्मी सुनारको एक थान एन्ड्रोइड मोबाईल, केहि सुनका गरगहना लगायत लुटपाट भएको हो । बाटोमा हिडिरहेकी उहाँमाथि मोटरसाइकलमा आएका दुई जनाले मोबाईलसहित कानमा लगाएको सुनका गहनासमेत लुटपाट गरेका हुन् ।
घटना भएको स्थान लुम्बिनि प्रदेश प्रहरी कार्यालयको १०० मिटर नजिक हो । घटना लगत्तै प्रहरीले घटनास्थलमा आएर लुटपाट गर्ने समुहको खोजी गरेपनि अझै पत्ता लागेको छैन् ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको र दोषी उम्कन नपाउने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले बताउनुभयो ।
तुलसीपुरमा यसअघि पनि तुलसीपुर–४ माथिल्लो हलवारका भिम पौडेलको एण्ड्रोइड मोवाईल घोराही तुलसीपुर सडक खण्डको मोतिपुर नजिकबाट लुटपाट भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!