०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

तुलसीपुरमा संचारकर्मी सुनारमाथि लुटपाट प्रहरीद्वारा खोजीकार्य तीब्र

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७


तेज वली   तुलसीपुर                                             रेडियो हाम्रो पहुँच एफएम तुलसीपुरमा कार्यरत संचारकर्मी सविता सुनारमाथि लुटपाट भएको छ । कार्यालयबाट काम सकेर घर फर्केने क्रममा आज साँझ ७ बजे तुलसीपुरको गुल्मचोक नजिकै ओम शान्ति सिनेमा हल अघि लुटपाट भएको हो ।
संचारकर्मी सुनारको एक थान एन्ड्रोइड मोबाईल, केहि सुनका गरगहना लगायत लुटपाट भएको हो । बाटोमा हिडिरहेकी उहाँमाथि मोटरसाइकलमा आएका दुई जनाले मोबाईलसहित कानमा लगाएको सुनका गहनासमेत लुटपाट गरेका हुन् ।
घटना भएको स्थान लुम्बिनि प्रदेश प्रहरी कार्यालयको १०० मिटर नजिक हो । घटना लगत्तै प्रहरीले घटनास्थलमा आएर लुटपाट गर्ने समुहको खोजी गरेपनि अझै पत्ता लागेको छैन् ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको र दोषी उम्कन नपाउने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले बताउनुभयो ।
तुलसीपुरमा यसअघि पनि तुलसीपुर–४ माथिल्लो हलवारका भिम पौडेलको एण्ड्रोइड मोवाईल घोराही तुलसीपुर सडक खण्डको मोतिपुर नजिकबाट लुटपाट भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!