०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

बर्दिया प्रहरीले अवैध सालको काठसहित ट्र्याक्टर पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

महेन्द्र सिंह    बर्दियामा                                          अवैध रुपमा ओसारपसार भैरहेको सालको काठसहित एउटा ट्र्याक्टरलाई प्रहरी र बन कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ । प्रहरीले बर्दियाको मधुवन नगरपालिका २ रजवारास्थित फरधुङ्गा सामुदायिक वन उपभोक्ता समुहको वनक्षेत्रबाट अवैध रुपमा चोरी निकासी भैरहेको अवस्थामा सोमबार भे१त ९३६३ नम्बरको ट्र्याक्टरमा लोड भएको ३३ थान सालको अवैध काठको हुन आउने अन्दाजी ३५ क्युफिट काठसहित ट्र्याक्टर नियन्त्रणमा लिएको जनाएको छ । ट्र्याक्टर चालक भने फरार रहेको र उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी कोठियाघाटका प्रहरी सहायक निरीक्षक दिनेश चदराको कमान्डमा रहेको प्रहरी र सव-डिभिजन वन कार्यालय सानोश्रीका फरेष्टर महेश बहादुर बुढाथोकीको संयुक्त टोलीले उक्त काठसहित ट्र्याक्टरलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ । लामिछानेलाई नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पुर्‍याइएको हो । रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको […]

पर्सा । बीरगञ्ज भन्सार कार्यालय परिसरमा सशस्त्र प्रहरीले अधिकार दुरुपयोग गर्दै विल–विजक तथा भन्सार महसुल पूर्ण रूपमा तिरेर आयात गरिएको कपडा जबर्जस्ती नियन्त्रणमा लिएको आरोप लागेको छ। उक्त घटना बीरगजको रेलवे रोडमा रहेको एक टासपोर्ट र एक व्यापारिक को पसलमा छापा मारी गरेर बिल बिजक भएता पनि अधिकार को दुरुपयोग गरी भंसार को डिएसपी ले […]

काठमाडौं । उपत्यकामा विभिन्न स्थानमा छापाजारी चलाउँदै आठ बालिकाको उद्धार तथा अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ। पक्राउ परेकाहरूमा हेमन्त श्रेष्ठ, गीताकुमारी आचार्य, गोविन्द बुढाथोकी, हरिभक्त गिरी र भीमबहादुर साउद रहेका छन्। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको […]

error: Content is protected !!