२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

प्युठानमा बस दुर्घटना हुँदा चालकको मृत्यु

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

सन्तोष थापा क्षेत्री
प्यूठानमा बस स्टार्ट नभएपछि मानिसहरूले धकेलेर स्टार्ट गर्न खोज्दा बस खोल्सामा खसेपछि चालकको मृत्यु भएको छ।
मंगलबार बिहान साढे ९ बजेतिर प्यूठानको माण्डवी गाउँपालिका १ गोलवाङमा दाङतर्फ आउँदै गरेको बस ना ४ ख ५५६१ नम्बरको बस स्टार्ट नभएपछि गाडीका सहचालक र एक जना प्यासेन्जरले धकेलेर स्टार्ट गर्न खोजेका थिए।
त्यही क्रममा बस गुडे पनि स्टार्ट नभएपछि सिधै खोल्सामा खसेर दाङ घोराही निवासी चालक तारा रानाको घटनास्थलमै मृत्यु भएको प्यूठानका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले सेतोपाटीलाई बताए।
डिएसपी मल्लले राना आफैं गाडीधनी पनि रहेको भन्ने खुल्न आएको जानकारी दिए।
‘प्यूठानदेखि दाङ जान खोजेको बस स्टार्ट नभएपछि गाडीका सहचालक र एक जना प्यासेन्जर मिलेर धकलेछन्,’ डिएसपी मल्लले भने, ‘त्यही क्रममा गाडी ओरालोमा गुडे पनि स्टार्ट भने भएनछ र गाडी सोझै गएर भिरबाट खस्दा चालकको घटनास्थलमै मृत्यु भयो।’
स्टार्ट नभएपछि ब्रेकले काम नगर्दा बस सोझै खोल्सामा खसेको हुन सक्ने मल्लले बताए।
चालक तथा गाडी धनी रानाको शव दुर्घटनास्थलको झन्डै १२ मिटरमुनि फेला परेको डिएसपी मल्लले बताए।
डिएसपी मल्लका अनुसार बसमा जम्मा तीन जना यात्रु मात्रै थिए।
प्यूठानको माण्डवी गाउँपालिका वडा नं. १ तिराम निवासी ४५ वर्षीया लक्ष्मी खत्री, ६६ वर्षीय गोकर्ण अधिकारी र दाङको बंगलाचुली गाउँपालिका निवासी ३० वर्षीया बसन्ता बिक घाइते भएका प्रहरीले जानकारी दिएको छ।
घाइतेहरू सबैलाई उपचारका लागि दाङतर्फ पठाइसकेको डिएसपी मल्लले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]