११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

प्रहरी हत्या प्रकरण असई विकले बोकेको पेस्तोल भेटियो

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

ABC क्राईमबिट
धनगढी तस्करहरुले हत्या गरेका कैलालीको धनगढी–१२ स्थित अस्थायी प्रहरी पोस्ट (जुगेडा)का इञ्चार्ज असई गोविन्द विकले बोकेको पेस्तोल भेटिएको छ ।
मंगलबार प्रहरी जवान रामबहादुर साउँदको शव खोज्ने क्रममा असई विकले बोक्ने गरेको चाइनिज पेस्तोल भेटिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहका अनुसार जवान साउँदको शव यसअघि असई विकको शव फेला परेको स्थानभन्दा करिब २ सय मिटर उत्तरपश्चिममा भेटिएको हो ।
असई विकको हत्या आशंकामा पक्राउ परेका एक व्यक्तिले दिएको संकेतका आधारमा प्रहरीले जावन साउँदको शव मोहना नदीमा फेला पारेको थियो ।
प्रहरीका अनुसार जवान साउँदको शव नदीभित्रै खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको हो ।
प्रहरी जवान साउँदको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ ।
जुगेडा अस्थायी प्रहरी पोस्टका इञ्चार्ज असई विक र जवान साउँद शनिबार राति सीमा क्षेत्रमा गस्तीमा गएका थिए । गस्तीमा गएकामध्ये असई विकको आइतबार बिहान शव फेला परेको थियो भने जवान साउँदको मंगलबार बिहान शव फेला परेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी सिंहका अनुसार असई विक र जवान साउँदको एउटै प्रकृतिले हत्या गरिएको देखिएको छ । दुवै जनाको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको देखिएको एसएसपी सिंहले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सीमा क्षेत्रबाट तस्करी गर्ने गिरोहले असई विक र जवान साउँदको हत्या गरेको देखिएको छ ।
विक र साउँदको हत्याबारे अनुसन्धान गर्न प्रहरीले आइतबारयता १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६ जनाले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गर्दै साविति बयान दिएका प्रहरीले जानकारी दिएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!