०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

८ वर्षीया बालिकाको अपहरण ३ घण्टामै सकुशल उद्धार गर्न सफल प्रहरी

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

ABC क्राईमबिट
काठमाडौं सोमबार बेलुकी ७ः३० बजेको समयमा महानगरीय प्रहरी बृत्त सातदोबाटोमा फोनमार्फत एउटा जानकारी आयो, ललितपुरको महालक्ष्मी नगरपालिका–४ मनकामना चोकबाट ८ वर्षकी एक बालिका अपहरणमा परिन् ।
अपहरणको सूचना पाएलगत्तै बृत्तबाट डीएसपी मित्रबध्नु शर्माको कमाण्डमा प्रहरीको टोली तैनाथ भयो । अपहरणको सूचना आएकै क्षेत्र, महालक्ष्मी–४ मनकामना चोकबाटै प्रहरीले अनुसन्धान शुरु ग¥यो ।
बाराको सिम्रौनगढ नगरपालिका–१ घर भइ ललितपुरका महालक्ष्मी नगरपालिका–४ मनकामना चोक बस्दै आएकी गुड्डी आफ्नी ८ वर्षीया छोरी अनुखा साह अपहरणमा परेकी प्रहरीलाई बताइन् ।
घर बाहिर चोकमा खेलीरहेकी छोरीलाई नचिनेका व्यक्तिले साइकलमा राखेर लगेको भन्दै गुड्डीले प्रहरीलाई खबर गरेकी थिइन् ।
प्रहरीले मनकामना चोकमा भएका सीसीटिभी फुटेजको अध्ययन ग¥यो । सीसीटिभी फुटेज अध्ययन गर्दा नै अपहरणकारीको हुलिया पहिचान भइसकेको थियो ।
अपहरणमा परेको करिब ३ घण्टा पछि नै प्रहरीले अनुखाको सकुशल उद्दार ग¥यो । उनलाई ललितपुर महानगरपालिका–२९ हरिसिद्धीस्थित सिता परियारको कोठामा बन्धक बनाएर राखिएको थियो । अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन–८ बासटोल घर भइ ललितपुरको हरिसिद्धी बस्ने ३० वर्षीय राजु कार्की, काभ्रेको नमोबुद्ध–८ घर भइ हरिसिद्धी नै बस्ने २३ वर्षीय सिता परियार र धनुषाको धारापानी गाउँपालिका–२ घर भइ हरिसिद्धी नै बस्ने ४० वर्षीय कृष्ण तोलामी छन् ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये ३० वर्षीय राजु कार्की अपहरणका मुख्य अभियुक्त हुन् । प्रहरीले बालिका अपहरणमा प्रयोग भएको फोनिक्स लेखिएको हरियो रंगको एउटा साइकल समेत बरामद गरिएको जानकारी दिएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर […]

  उनको निधनको कारण हृदयाघात (कार्डियक अरेस्ट) भएको बताइएको छ। हल्क होगनको वास्तविक नाम टेरी जीन बोलिया हो । उनले १९८० र १९९० को दशकमा डब्ल्यूडब्ल्यूईलाई विश्वव्यापी लोकप्रियता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको ञहल्कमेनियाझ अभियानले रेसलिंगलाई नयाँ उचाइमा पुर्‍याएको थियो। उनले १९८४ मा आयरन शेखलाई हराएर डब्ल्यूडब्ल्यूएफ च्याम्पियनशिप जितेका थिए, जसले ञहल्कमेनियाझ को शुरुआत […]

error: Content is protected !!