०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

केराउ तस्करी गर्ने समूहको संलग्नता घाँटीमा कोदाली हानेर प्रहरीको हत्या

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

राजन चौधरी
नेपालबाट भारततर्फ केराउ तस्करी गर्ने गिरोहले कैलालीमा २ जना प्रहरी कर्मचारीको हत्या गरेको खुलेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्राविधिक सहयोग जिल्ला प्रहरी कार्यालय कैलालीले गरेको अनुसन्धानबाट केराउ तस्करको समूहले कैलालीका २ जना प्रहरीको हत्या गरेको खुलेको हो ।
शनिबार राति सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि खटिएका धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको आइतबार शव फेला परेको थियो ।
असई विकसँगै मोटरसाइकल गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको भने मंगलबार मोहना नदीमा गाडीको अवस्थामा शव फेला परेको थियो ।
घटनापछि प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाले हत्या गरेको स्वीकारेका छन् । हत्या गरेको स्वीकार्नेहरु नेपाल–भारत सीमा क्षेत्रमा केराउ तस्करी गर्ने व्यक्ति रहेका प्रहरीले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले २ जना प्रहरी कर्मचारीको हत्या गर्ने हत्यारा पक्राउ परेको जानकारी दिए । उनीहरु केराउ तस्कर गर्ने व्यक्ति भएको र तस्करी रोक्दा असई विक र जवान साउँदको हत्या गरेको सिंहको भनाइ छ ।
प्रहरीका अनुसार शनिबार राति एउटा गाडामा राखेर नेपालबाट भारततर्फ केराउ तस्करी गर्न लागिएको थियो ।
असई विक र जवान साउँदले गाडा नियन्त्रणमा लिएपछि गाडामा रहेका व्यक्तिले अन्यलाई पनि बोलाएका थिए । त्यसपछि घेरा हालेर उनीहरुले दुवै प्रहरी कर्मचारीमाथि आक्रमण गरेका थिए ।
प्रहरी हिरासतमा रहेका आरोपीले घरेलु हतियार लाठी तथा घाँटीमा कोदाली (फरुवा) प्रहार गरेर हत्या गरेको बयान दिएका छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ । लामिछानेलाई नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पुर्‍याइएको हो । रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको […]

पर्सा । बीरगञ्ज भन्सार कार्यालय परिसरमा सशस्त्र प्रहरीले अधिकार दुरुपयोग गर्दै विल–विजक तथा भन्सार महसुल पूर्ण रूपमा तिरेर आयात गरिएको कपडा जबर्जस्ती नियन्त्रणमा लिएको आरोप लागेको छ। उक्त घटना बीरगजको रेलवे रोडमा रहेको एक टासपोर्ट र एक व्यापारिक को पसलमा छापा मारी गरेर बिल बिजक भएता पनि अधिकार को दुरुपयोग गरी भंसार को डिएसपी ले […]

काठमाडौं । उपत्यकामा विभिन्न स्थानमा छापाजारी चलाउँदै आठ बालिकाको उद्धार तथा अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ। पक्राउ परेकाहरूमा हेमन्त श्रेष्ठ, गीताकुमारी आचार्य, गोविन्द बुढाथोकी, हरिभक्त गिरी र भीमबहादुर साउद रहेका छन्। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको […]

error: Content is protected !!