०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

मोरङमा १४ हजार नगदसहित १२ जना जुवाडे पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

ABC क्राईमबिट
मोरङको रतुवामाईबाट १२ जना जुवाडे पक्राउ परेका छन्। रतुवामाई–७ को एउटा पोखरीको डिलमा तास खेल्दै गरेको अवस्थामा सोमबार राति पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।
पोखरीको डिलमा बसेर तास खेल्दै गरेको अवस्थामा राति ११ः५० बजेतिर १२ जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। रतुवामाई–७ का ३४ वर्षीय गोपाल कटुवाल, ४३ वर्षीय गणेश कार्की, ३६ वर्षीय दिनेश बस्नेत, ४५ वर्षीय नरेन्द्र रिजाल, २५ वर्षीय गणेश गौतम, ३९ वर्षीय नन्दराज फुयाँल पक्राउ परेका छन्।
त्यस्तै ४२ वर्षीय फणिन्द्र बुढाथोकी, ४५ वर्षीय झंकराज कोइराला, ३८ वर्षीय रामभक्त भट्टराई, ४० वर्षीय सन्तोष रिजाल, ३० वर्षीय राम कार्की र ३२ वर्षीय मनोज उप्रेतीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार १२ बुक तास, १४ हजार २ सय ७० रुपैयाँ, ६ सय मलेसियन सिंगेटका साथै को ३२ प ५१९२, को ३५ प ६१८६ र को २२ प ९३७९ नम्बरको मोटरसाइकल बरामद भएको छ। पक्राउ परेकाविरुद्ध प्रहरीले जुवा ऐनअन्तर्गत मुद्दा चलाउन अनुसन्धान थालेको जनाएको छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!