०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै कृष्णनगर नाका

Logo
प्रकाशित बुधबार, कार्तिक ०५, २०७७

प्रिन्स मिश्रा  कपिलवस्तु ,                                    मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषधको तस्करी बढेको छ र हाल कृष्णनगर नाका लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ l
कृष्णनगरको अस्थाई प्रहरी पोस्ट – लिंकगेटमा चेकजाँच गर्ने क्रममा प्रहरीले ३ किलाे अफिम बरामद गरेकाे छ।
दिउंसाे एक बजेका समय लिङकगेट स्थित डिउटिमा खटिएको अस्थाई प्रहरी पोस्ट ( लिंक गेट ) का प्रहरी नायब निरीक्षक
रेशम बाहदुर जि.सी. समेतको प्रहरी टोलीले नेपाल-भारत आवत जावत गर्ने मानिसहरुलाई नियमित चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ पैदल जाँदै गरेका बर्ष ३५ का लाले भन्ने लाल बहादुर खत्रीकाे झाेलामा ६ प्याकेटमा ३ किलो अफिम बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
प्रहरीले सोधपुछ गर्दा जिल्ला रुकुम पश्चिम वाफिकोट गाउंपालिका वडा ८ दुली बस्ने खत्रीकाे शरीर चेकजाँच गर्न लाग्दा प्रहरीलाई धक्का दिई झोला छाेडेर भारत तर्फ भागेका नायब निरीक्षक रेशम बहादुर जीसीले जानकारी दिनुभएको छ ।
प्रहरी टोलीले पिछा गर्दै जाँदा खत्री नेपाल-भारत दशगजा पार गरी भारत तर्फ दौडिदै जाने क्रममा भारतिय सिमा सुरक्षा बल ( SSB ) को डिउटी टोलिले नियन्त्रणमा लिई शरिर चेकजाँच गर्दा कम्मरको भागमा समेत ४ प्याकेट अफिम समातिएकाे भारतीय संचारकर्मीहरुले बताएका छन । केही दिन देखि कृष्णनगर नाका लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएकाले प्रहरीलाई टाउकाे दुखाई बनेकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]