१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

नेपालगन्ज जमुनाह नाकामा भारत जानेहरूको लाईन

Logo
प्रकाशित बुधबार, कार्तिक ०५, २०७७

महेन्द्र सिंह
बाँके हिन्दुहरुको महान चाड दसँैको मुखमा चाड मनाउन घर फर्किने बेलामा कोरोनाको समेत परवाह नगरि रोजगारीका लागि भारत जानेहरुको नेपाल भारत सिमानाकामा लर्को लागेको छ ।
विगतका वर्षमा यो बेला चाड मनाउन फर्किने नेपालीको संख्या अत्यधिक हुने गरेकोमा यस वर्ष चाडको मुखमा नै कमाउन भारत जानेको संख्या जमुनाह नाकामा अत्यधिक छ ।
यहाँस्थित नेपाल भारत नाका ईलाका प्रहरी कार्यालयका जमुनाहका प्रमुख विष्णु गिरीले दसँै शुरु भैसके पनि कमाउन भारत जाने नेपालीहरुको अहिले दिनदिनै नाकामा लर्को लाग्ने गरेको।
उहाँले नेपालमा रोजगारी नपाएपछि भोकै बस्ने अवस्था आएकोले चाडपर्व र आफन्त छोडेर भारत जान थालेको बताउनुभएको छ ।
अहिले दैनिक चार सयको हाराहारीमा नेपालीहरु रोजगारीका लागि भारत छिरिरहेका छन् । जमुनाह नाकामा उनिहरुको नाम ठेगाना लगायतको सबै विवरण राखेर मात्रै भारत जान दिईएको जमुनाह प्रहरीले जनाएको छ ।
यसरी जाने अधिकांशसंग भारतीय आधार कार्ड समेत रहेकोले उनिहरुले सो देखाएर पनि भारत छिरिरहेको जमुना प्रमुख गिरीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!