०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपालगन्ज जमुनाह नाकामा भारत जानेहरूको लाईन

Logo
प्रकाशित बुधबार, कार्तिक ०५, २०७७

महेन्द्र सिंह
बाँके हिन्दुहरुको महान चाड दसँैको मुखमा चाड मनाउन घर फर्किने बेलामा कोरोनाको समेत परवाह नगरि रोजगारीका लागि भारत जानेहरुको नेपाल भारत सिमानाकामा लर्को लागेको छ ।
विगतका वर्षमा यो बेला चाड मनाउन फर्किने नेपालीको संख्या अत्यधिक हुने गरेकोमा यस वर्ष चाडको मुखमा नै कमाउन भारत जानेको संख्या जमुनाह नाकामा अत्यधिक छ ।
यहाँस्थित नेपाल भारत नाका ईलाका प्रहरी कार्यालयका जमुनाहका प्रमुख विष्णु गिरीले दसँै शुरु भैसके पनि कमाउन भारत जाने नेपालीहरुको अहिले दिनदिनै नाकामा लर्को लाग्ने गरेको।
उहाँले नेपालमा रोजगारी नपाएपछि भोकै बस्ने अवस्था आएकोले चाडपर्व र आफन्त छोडेर भारत जान थालेको बताउनुभएको छ ।
अहिले दैनिक चार सयको हाराहारीमा नेपालीहरु रोजगारीका लागि भारत छिरिरहेका छन् । जमुनाह नाकामा उनिहरुको नाम ठेगाना लगायतको सबै विवरण राखेर मात्रै भारत जान दिईएको जमुनाह प्रहरीले जनाएको छ ।
यसरी जाने अधिकांशसंग भारतीय आधार कार्ड समेत रहेकोले उनिहरुले सो देखाएर पनि भारत छिरिरहेको जमुना प्रमुख गिरीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!