२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

चार्डपर्वलाई मध्यनजर गर्दै दुधरास सहकारीले बाढ्याे मास्क र सेनिटाईजर वितरण

Logo
प्रकाशित बिहिबार, कार्तिक ०६, २०७७

कपिल लामिछाने
दुधरास बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमकाे आयाेजना गरि दुधरास र यसका आसपासका क्षेत्रका मानीसहरुलाई गुणस्तरिय मास्क र सेनिटाईजर वितरण गरेकाे छ ।
बिश्वब्यापी रुपमा फैलिरहेकाे काेराेना भाईरस(काेभिड१९) का अहिले दाङमा पनि काेभिड१९ का बिरामीहरु धेरै भेटिन थालेपछि स्वास्थ्यका मापदण्डहरु नअपनाउदा बिरामीहरुकाे संख्या बढेकाे कुरालाई मध्यनजर गर्दै संस्थाले मास्क सेनिटाईर वितरण गरेकाे हाे ।
बाटाेमा हिडेका मानीसहरु,हिडेका अटाेहरु, र गुडेका गाडीहरुका चालक र सह-चालकहरुले मास्क लगाए नलगाएकाे हेर्दै उनिहरुलाई समेत मास्क र सेनिटाईजर वितरण गरिएकाे हाे ।
उक्त मास्क बितरण कार्यक्रममा बाेल्दै सहकारीका अध्यक्ष केशबराज रिजालले काेराेनाकाे महामारीकाे बेलामा सहकारीहरुले यस्तै गरि जनताहरुकाे सुरक्षाका लागी लागी स्वास्थ्य मापदण्डहरु मास्क,सेनिटाईजर आदी वितरण गर्न सकियाे भने काेराेनाका बिरामीहरु कम हुने कुरा उल्लेख गर्नुभयाे साथै उहाँले यस महामारीबाट बच्चका लागी सरकारकाे मात्रै मुख नताकी निजि संघ संस्थाहरुले पनि ध्यान दिन सकियाे भने यस महामारीलाई कम गर्न सकिने बताउनुभयाे । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेतले स्थानीय सरकारले यस महामारीबाट जनताहरुलाई बचाउनका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएकाे र बिजया दशमीलाई मध्येनजर गर्दै घरमा नै बस्न,भिडभाड नगर्न र नियमित रुपमा साबुन पानीले हात धाेई नियमित मास्ककाे प्रयाेग गर्न सम्पुर्ण टाेल बिकास संस्था मार्फत जानकारी गराउदै आबश्यक समन्वय गर्दै आएकाे बताउनुभयाे । कार्यक्रममा बेलझुण्डी प्रहरी पाेष्टका ईन्चार्ज बलिराज शाहीलाई एक थान मास्क र सेनिटाईजर वितरण समेत गरिएकाे थियाे । उक्त मास्क बितरण कार्यक्रममा करिव १ सय जनालाई मास्क र सेनिटाईजर वितरण गरिएकाे थियाे । साथै उक्त कार्यक्रममा आउदै गरेकाे नेपालीहरुकाे महान पर्व बिजया दशमी,शुभ दिपावली तथा छट पर्वकाे अवसरमा सम्पुर्ण सेयर सदस्य लगाएत सम्पुर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गर्दै शुभकामना आदानप्रदान समेत गरिएकाे थियाे ।
दुधरास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशबराज रिजालकाे अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेतकाे प्रमुख आथित्यतामा भएकाे कार्यक्रम संस्थाका कार्यसमिति सदस्य बिष्णु प्रसाद खुलालकाे स्वागत मन्तब्यबाट सुरु भएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण संस्थाका सचिव प्रमाेद प्रसाद घिमिरेले गर्नुभएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  जाजरकोट । आइतबार डिभिजन बन कार्यालयको कार्यकक्षमै अपरिचित तीन जनाको समूहले कुटपिट गरेका हुन् । डिभिजन बन प्रमुख अमर प्रसाद शाहले आफुमाथि कार्यकक्षमै कुटपिट भएको बताए । करारका कर्मचारी हटाएको विषयमा कुरा निकालेर उनीहरुले आफुमाथि एक्कासी ढाड र अनुहारमा मुक्का प्रहार गरेको बताएका छन् । यद्यपी उनलाई चोटपटक भने लागेको छैन । आक्रमणपछि ती […]

काठमाडौं । आर्थिक वर्ष २०८०–८१ मा जिल्लामा डेङ्गुका १४२ बिरामी भेटिएका थिए भने चालु वर्ष २०८१–८२ मा यो सङ्ख्या १५० पुगेको छ। यस्तै, गत वर्ष ४ जनामा कालाजार देखिएकोमा यस वर्ष ६ जनामा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार भारतबाट फर्किने मजदुरहरूबाट संक्रमण फैलिने दर उच्च भएको छ। लामखुट्टे र भुसुनाबाट सर्ने यी रोगबाट जोगिन […]

पाल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाको प्रमुखको रुपमा प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण आचार्यले जिम्मेवारी सम्हाल्नुभएको छ । सात वर्षअघि पाल्पाको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गर्नुभएका आचार्यले पुनः जिम्मेवारीमा फर्किएसँगै जिल्लाको ट्राफिक सुधारका लागि सरोकारवालासँग सहकार्य सुरु गर्नुभएको छ । आइतबार जिल्लाका पत्रकारहरूसँग एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी प्रमुख आचार्यले पाल्पाको ट्राफिक व्यवस्थापन र […]

error: Content is protected !!