०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

चार्डपर्वलाई मध्यनजर गर्दै दुधरास सहकारीले बाढ्याे मास्क र सेनिटाईजर वितरण

Logo
प्रकाशित बिहिबार, कार्तिक ०६, २०७७

कपिल लामिछाने
दुधरास बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमकाे आयाेजना गरि दुधरास र यसका आसपासका क्षेत्रका मानीसहरुलाई गुणस्तरिय मास्क र सेनिटाईजर वितरण गरेकाे छ ।
बिश्वब्यापी रुपमा फैलिरहेकाे काेराेना भाईरस(काेभिड१९) का अहिले दाङमा पनि काेभिड१९ का बिरामीहरु धेरै भेटिन थालेपछि स्वास्थ्यका मापदण्डहरु नअपनाउदा बिरामीहरुकाे संख्या बढेकाे कुरालाई मध्यनजर गर्दै संस्थाले मास्क सेनिटाईर वितरण गरेकाे हाे ।
बाटाेमा हिडेका मानीसहरु,हिडेका अटाेहरु, र गुडेका गाडीहरुका चालक र सह-चालकहरुले मास्क लगाए नलगाएकाे हेर्दै उनिहरुलाई समेत मास्क र सेनिटाईजर वितरण गरिएकाे हाे ।
उक्त मास्क बितरण कार्यक्रममा बाेल्दै सहकारीका अध्यक्ष केशबराज रिजालले काेराेनाकाे महामारीकाे बेलामा सहकारीहरुले यस्तै गरि जनताहरुकाे सुरक्षाका लागी लागी स्वास्थ्य मापदण्डहरु मास्क,सेनिटाईजर आदी वितरण गर्न सकियाे भने काेराेनाका बिरामीहरु कम हुने कुरा उल्लेख गर्नुभयाे साथै उहाँले यस महामारीबाट बच्चका लागी सरकारकाे मात्रै मुख नताकी निजि संघ संस्थाहरुले पनि ध्यान दिन सकियाे भने यस महामारीलाई कम गर्न सकिने बताउनुभयाे । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेतले स्थानीय सरकारले यस महामारीबाट जनताहरुलाई बचाउनका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएकाे र बिजया दशमीलाई मध्येनजर गर्दै घरमा नै बस्न,भिडभाड नगर्न र नियमित रुपमा साबुन पानीले हात धाेई नियमित मास्ककाे प्रयाेग गर्न सम्पुर्ण टाेल बिकास संस्था मार्फत जानकारी गराउदै आबश्यक समन्वय गर्दै आएकाे बताउनुभयाे । कार्यक्रममा बेलझुण्डी प्रहरी पाेष्टका ईन्चार्ज बलिराज शाहीलाई एक थान मास्क र सेनिटाईजर वितरण समेत गरिएकाे थियाे । उक्त मास्क बितरण कार्यक्रममा करिव १ सय जनालाई मास्क र सेनिटाईजर वितरण गरिएकाे थियाे । साथै उक्त कार्यक्रममा आउदै गरेकाे नेपालीहरुकाे महान पर्व बिजया दशमी,शुभ दिपावली तथा छट पर्वकाे अवसरमा सम्पुर्ण सेयर सदस्य लगाएत सम्पुर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गर्दै शुभकामना आदानप्रदान समेत गरिएकाे थियाे ।
दुधरास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशबराज रिजालकाे अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेतकाे प्रमुख आथित्यतामा भएकाे कार्यक्रम संस्थाका कार्यसमिति सदस्य बिष्णु प्रसाद खुलालकाे स्वागत मन्तब्यबाट सुरु भएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण संस्थाका सचिव प्रमाेद प्रसाद घिमिरेले गर्नुभएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!