०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपाली जनता संकटको घडीमा टुहुरा बनेका छन पूर्वराजा ज्ञानेन्द्र शाह

Logo
प्रकाशित बिहिबार, कार्तिक ०६, २०७७

ABC Sanchar
काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाहले संकटको घडीमा अहिले नेपाली जनता अविभावक विहीन टुहुरा बनेका बताएका छन् ।
बिहीबार विजया दशमी २०७७ को उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी गर्दै पूर्व राजा शाहले भनेका छन्, ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ । संकटमो घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।’
जिम्मेवार पक्ष (सरकार)बाट विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको पनि पूर्वराजा शाहले बताएका छन् ।
संकटको घडीमा नेपाली जनता टुहुरा बनेका छन्– पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संकटको घडीमा अहिले नेपाली जनता अविभावक विहीन टुहुरा बनेका बताएका छन् ।
बिहीबार विजया दशमी २०७७ को उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी गर्दै पूर्व राजा शाहले भनेका छन्, ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ । संकटमो घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।’
जिम्मेवार पक्ष (सरकार)बाट विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको पनि पूर्वराजा शाहले बताएका छन् ।
विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा रहेको उल्लेख गर्दै शाहले देशभित्र उनीहरूको श्रम, सीप र सामथ्र्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त नभएको बताएका छन् ।
‘देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्काे लागेको मार्मिक अवस्था देखिन्छ,’ शाहले शुभकामना सन्देशमा भनेका छन्, ‘राहात, रोजगार र रोगको उपचार खोज्दै भौतारिएका जन समूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुश गराउन सकिएको छैन ।’
दैनिक जीविकाका लागि अत्यावश्यक पर्ने वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रासजस्ता विषयले जनजीवन पिरोलिएकोप्रति पनि शाहले चिन्ता व्यक्त गरेका छन् ।
‘समाजमा अनेक आपराधिक गतिविधि र पिसाच प्रवृत्ति बढ्दो छ, यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ, आज सबैले बढ्दो आशुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्,’ पूर्वराजा शाहले भनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!