११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

प्रदेशको स्थायी राजधानी क्षेत्रकाे मुख्य सचिव सहितको टोलीहरु स्थलगत अनुगमनमा

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

सागर थापा   दाङ                                             भालुवाङ लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको मुख्य सचिव तोयनारायण ज्ञवाली सहितको टोलीले स्थलगत अनुगमन गरेको छ । राजधानीका लागि तत्काल अावश्यक रहेको भाैतिक प्राधिकरणको कार्यालय स्थापनाका लागि र अावश्यक भाैतिक पुर्वधार निमार्ण सहित गुरूयोजना निर्माण गर्न अनुगमन गरिएको हो।
अनुगमनका क्रममा टोलीले भाैतिक प्राधिकरणको कार्यालय स्थापनाका लागि राप्ती गाउँपालिकाको वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयको भवन अवलोकन गरेको छ । त्यस ठाउँमा कार्यालय स्थापनाका गर्न उचित रहेको बताइएको छ । त्यसै गरि अनुगमन टोलीले राप्ती गाउँपालिकाको वडा नम्बर ३ र ७ को राप्ती नदी बगर क्षेत्रको जग्गा र गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ नम्बर वडाका राप्ती नदी बगर क्षेत्रका धोद्रे, टहडा, मलमला, वनघुस्री, बडहरा, पतरिङ्गा, जेठानगाउँ लगायत क्षेत्रको ऐलानी जग्गा, खुल्ला क्षेत्र, नदी उकास जमिनको अवलोकन गरेको छ ।
त्यसै गरि अनुगमन टोलीले गढवाको विश्व विद्यालयको जग्गा, कुलपानीमा रहेको सडक सँग जोडेको ५० विगाह जग्गा, हुलाकी राजमार्ग सँग जोडिएको वारीपारि जोड्ने झुलुङ्गे पुल समेतको निर्माण भएको तथा सवैलाई पायक पर्ने खुल्ला चाैरको अनुगमन गरेको छ ।
अनुगमनमा लुम्बिनी प्रदेशका मुख्य सचिव तोयनारायण ज्ञवाली, अर्थ सचिव बाबुराम अधिकारी, दाङका प्रमुख जिल्ला अधिकारी, जयनारायण अाचार्य दाङका प्रहरी प्रमुख एसपी गणेश चन्द लगाएतको सहभागिता रहेको गढवा गाउँपालिका प्रवक्ता एवं १ नम्बर वडा अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!