१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

प्रदेशको स्थायी राजधानी क्षेत्रकाे मुख्य सचिव सहितको टोलीहरु स्थलगत अनुगमनमा

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

सागर थापा   दाङ                                             भालुवाङ लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको मुख्य सचिव तोयनारायण ज्ञवाली सहितको टोलीले स्थलगत अनुगमन गरेको छ । राजधानीका लागि तत्काल अावश्यक रहेको भाैतिक प्राधिकरणको कार्यालय स्थापनाका लागि र अावश्यक भाैतिक पुर्वधार निमार्ण सहित गुरूयोजना निर्माण गर्न अनुगमन गरिएको हो।
अनुगमनका क्रममा टोलीले भाैतिक प्राधिकरणको कार्यालय स्थापनाका लागि राप्ती गाउँपालिकाको वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयको भवन अवलोकन गरेको छ । त्यस ठाउँमा कार्यालय स्थापनाका गर्न उचित रहेको बताइएको छ । त्यसै गरि अनुगमन टोलीले राप्ती गाउँपालिकाको वडा नम्बर ३ र ७ को राप्ती नदी बगर क्षेत्रको जग्गा र गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ नम्बर वडाका राप्ती नदी बगर क्षेत्रका धोद्रे, टहडा, मलमला, वनघुस्री, बडहरा, पतरिङ्गा, जेठानगाउँ लगायत क्षेत्रको ऐलानी जग्गा, खुल्ला क्षेत्र, नदी उकास जमिनको अवलोकन गरेको छ ।
त्यसै गरि अनुगमन टोलीले गढवाको विश्व विद्यालयको जग्गा, कुलपानीमा रहेको सडक सँग जोडेको ५० विगाह जग्गा, हुलाकी राजमार्ग सँग जोडिएको वारीपारि जोड्ने झुलुङ्गे पुल समेतको निर्माण भएको तथा सवैलाई पायक पर्ने खुल्ला चाैरको अनुगमन गरेको छ ।
अनुगमनमा लुम्बिनी प्रदेशका मुख्य सचिव तोयनारायण ज्ञवाली, अर्थ सचिव बाबुराम अधिकारी, दाङका प्रमुख जिल्ला अधिकारी, जयनारायण अाचार्य दाङका प्रहरी प्रमुख एसपी गणेश चन्द लगाएतको सहभागिता रहेको गढवा गाउँपालिका प्रवक्ता एवं १ नम्बर वडा अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!