०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

चितवनमा ३ लाख नक्कली नोटसहित एक युवक पक्राउ

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

राकेश श्रेष्ठ
चितवनमा तीन लाख बढी नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले ३ लाख २१ हजार नगदसहित एक युवकलाई पक्राउ गरेको हो । प्रहरीले आज पत्रकार सम्मेलन गरी नगदसहित युवकलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ–८ का २६ वर्षीय जितबहादुर लोप्चन रहेका छन् । उनलाई चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडाबाट १२ हजारको नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । थप अनुसन्धान गर्दा लोप्चनले घरमा लुकाई राखेको एक हजार दरको ३०२ थान गरी ३ लाख २ हजार नगद बरामद गरिएको उनले जानकारी दिए । प्रहरीले अनुसन्धानको क्रममा भण्डारास्थित युनिक होटललाई खाजा बापत दिएको एक हजार र बर्तौला किराना पसलबाट खाद्यान्न सामान किने बापत दिएको ६ हजार रुपैयाँ नगद समेत बरामद गरेको छ ।
यही कार्तिक ४ गते दिउँसो ३ बजे राप्ती–५ भण्डारा बजारमा सामानि किन्ने क्रममा नक्कली पैसा दिई मानिस फरार भएको भनेर सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । तत्काल प्रहरी निरीक्षक राजिव गिरीको कमाण्डमा प्रहरी टोली उक्त पसलमा गई हुलिया पत्ता लगाई खोजतलास गर्दै जाँदा लोप्चनलाई राप्ती नगरपालिका–५ चौकीडाँडाबाट एक हजारको नक्कली जस्तो देखिने १२ थान १२ हजार जाली नोट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ । लामिछानेलाई नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पुर्‍याइएको हो । रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको […]

पर्सा । बीरगञ्ज भन्सार कार्यालय परिसरमा सशस्त्र प्रहरीले अधिकार दुरुपयोग गर्दै विल–विजक तथा भन्सार महसुल पूर्ण रूपमा तिरेर आयात गरिएको कपडा जबर्जस्ती नियन्त्रणमा लिएको आरोप लागेको छ। उक्त घटना बीरगजको रेलवे रोडमा रहेको एक टासपोर्ट र एक व्यापारिक को पसलमा छापा मारी गरेर बिल बिजक भएता पनि अधिकार को दुरुपयोग गरी भंसार को डिएसपी ले […]

काठमाडौं । उपत्यकामा विभिन्न स्थानमा छापाजारी चलाउँदै आठ बालिकाको उद्धार तथा अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ। पक्राउ परेकाहरूमा हेमन्त श्रेष्ठ, गीताकुमारी आचार्य, गोविन्द बुढाथोकी, हरिभक्त गिरी र भीमबहादुर साउद रहेका छन्। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको […]

error: Content is protected !!