०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

चितवनमा ३ लाख नक्कली नोटसहित एक युवक पक्राउ

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

राकेश श्रेष्ठ
चितवनमा तीन लाख बढी नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले ३ लाख २१ हजार नगदसहित एक युवकलाई पक्राउ गरेको हो । प्रहरीले आज पत्रकार सम्मेलन गरी नगदसहित युवकलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ–८ का २६ वर्षीय जितबहादुर लोप्चन रहेका छन् । उनलाई चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडाबाट १२ हजारको नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । थप अनुसन्धान गर्दा लोप्चनले घरमा लुकाई राखेको एक हजार दरको ३०२ थान गरी ३ लाख २ हजार नगद बरामद गरिएको उनले जानकारी दिए । प्रहरीले अनुसन्धानको क्रममा भण्डारास्थित युनिक होटललाई खाजा बापत दिएको एक हजार र बर्तौला किराना पसलबाट खाद्यान्न सामान किने बापत दिएको ६ हजार रुपैयाँ नगद समेत बरामद गरेको छ ।
यही कार्तिक ४ गते दिउँसो ३ बजे राप्ती–५ भण्डारा बजारमा सामानि किन्ने क्रममा नक्कली पैसा दिई मानिस फरार भएको भनेर सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । तत्काल प्रहरी निरीक्षक राजिव गिरीको कमाण्डमा प्रहरी टोली उक्त पसलमा गई हुलिया पत्ता लगाई खोजतलास गर्दै जाँदा लोप्चनलाई राप्ती नगरपालिका–५ चौकीडाँडाबाट एक हजारको नक्कली जस्तो देखिने १२ थान १२ हजार जाली नोट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!