०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

चाडपर्व नजिकिदै गर्दा मात्र दाङको बजारहरुको अनुगमन हुन्छ किन?

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

सागर थापा                                                         जिल्ला प्रशासन कार्यालय दाङले बजारहरुको अनुगमनलाई तीव्रता दिएको छ । चाडपर्वको समयमा हुनसक्ने कालोबजारी म्याद गएको बस्तुहरुको बिक्री र मिसावट नियन्त्रण गर्न स्थानीय प्रशासनले बजारको अनुगमनलाई तीव्रता दिएको छ । यसै क्रममा जिल्ला प्रशासन कार्यालय दाङले विभिन्न पसलहरुमा अनुगमन गरेको छ । किराना तथा खाद्य पसलहरुको अनुगमनका क्रममा म्याद गएको र सडेको बस्तुहरु प्रशासनले जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङको अनुगमन टोलीको नेतृत्वमा गएको र म्याद गएको कोक फेन्टा पुर्टी बिस्कुट नमकिन अचार घियु मिठाई तरकारीले चुरोट सेन्ट रक्सी लगाएतका बस्तुहरु जफत गरेको छ । अनुगमन टोलीले पसल संचालक ब्यापारीहरुलाई मुल्य शुचि अनिवार्य तास्न र सुर्तीजन्य बस्तु बिक्रीक्ताले इजाजतपत्र अनिवार्य रूपमा लिन पर्ने खाद्य तथा अखाद्य बस्तुहरुलाई छुट्टाछुट्टै राख्न र सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएको छ । ईलाका प्रशासन कार्यालयहरुले पनि गडवा भालुवाङ लमही नारायणपुर बिजोरी तुल्सीपुर लगाएतको बजारहरुको अनुगमनलाई तीव्रता गरेको दाङका प्रमुख जिल्ला अधिकारी आचार्यले जनाएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!