२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

चाडपर्व नजिकिदै गर्दा मात्र दाङको बजारहरुको अनुगमन हुन्छ किन?

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

सागर थापा                                                         जिल्ला प्रशासन कार्यालय दाङले बजारहरुको अनुगमनलाई तीव्रता दिएको छ । चाडपर्वको समयमा हुनसक्ने कालोबजारी म्याद गएको बस्तुहरुको बिक्री र मिसावट नियन्त्रण गर्न स्थानीय प्रशासनले बजारको अनुगमनलाई तीव्रता दिएको छ । यसै क्रममा जिल्ला प्रशासन कार्यालय दाङले विभिन्न पसलहरुमा अनुगमन गरेको छ । किराना तथा खाद्य पसलहरुको अनुगमनका क्रममा म्याद गएको र सडेको बस्तुहरु प्रशासनले जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङको अनुगमन टोलीको नेतृत्वमा गएको र म्याद गएको कोक फेन्टा पुर्टी बिस्कुट नमकिन अचार घियु मिठाई तरकारीले चुरोट सेन्ट रक्सी लगाएतका बस्तुहरु जफत गरेको छ । अनुगमन टोलीले पसल संचालक ब्यापारीहरुलाई मुल्य शुचि अनिवार्य तास्न र सुर्तीजन्य बस्तु बिक्रीक्ताले इजाजतपत्र अनिवार्य रूपमा लिन पर्ने खाद्य तथा अखाद्य बस्तुहरुलाई छुट्टाछुट्टै राख्न र सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएको छ । ईलाका प्रशासन कार्यालयहरुले पनि गडवा भालुवाङ लमही नारायणपुर बिजोरी तुल्सीपुर लगाएतको बजारहरुको अनुगमनलाई तीव्रता गरेको दाङका प्रमुख जिल्ला अधिकारी आचार्यले जनाएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । सुर्खेत नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले […]

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार १६५ जना शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको हो। निर्देशनालयले दिएको जानकारीअनुसार युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा तैनाथ चण्डीप्रसाद गण (शान्ति सेना)को एघारौँ डफ्फालाई […]

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी प्रबक्ता डिएसपी रविन्द्र खनालका अनुसार कार्कीले मौन अवधिका उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले कार्कीलाई प्रहरी नियन्त्रणमा राखेर सामान्य सोधपुछ भैरहेको प्रहरीले जनाएको छ । कार्कीले चुनावी मौन अवधी सुरु भएपछि विभिन्न राजनीतिक दलका उम्मेदवारहरुसँगकोा अन्तर्वार्ता प्रसारण गरेका […]

error: Content is protected !!