०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँकेमा एकैदिन १ सय ५७ संक्रमितहरु कोरोना मुक्त

Logo
प्रकाशित आइतबार, कार्तिक ०९, २०७७

महेन्द्र सिंह
बाँकेका विभिन्न आइसोलेसनबाट आज एकैदिन १ सय ५७ संक्रमित निको भई डिस्चार्ज हुँदैछन । बाँकेमा एकैदिन यति धेरै संख्यामा संक्रमितहरु निको भएर डिस्चार्ज हुन लागेको यो पहिलो पटक हो ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आइतबार बाँकेका ५९ महिला र ९८ पुरुष गरी १५७ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई असोज २५, २६ र २७ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ५१४ पुगेको छ ।विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १८ सहित ४५१ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ९७७ रहेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।
फोकल पर्सन श्रेष्ठका अनुसार १० दिन आइसोलेसनमा बसाई पूरा गरेका संक्रमितहरुमा पछिल्लो तीन दिनमा चिन्ह लक्षण नदेखिएमा त्यस्ता व्यक्तिहरुलाई १० दिनमै डिस्चार्ज गर्ने र उनिहरू ७ दिन होम आइसोलेसनमा अनिवार्य बस्नु पर्ने भन्ने स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार बाँकेमा पनि सोही अनुसार गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!