२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

तुलसीपुर प्रहरीले अपराधिक घटना रोक्न छ्ड्के भिग्रस चेकिङ

Logo
प्रकाशित सोमबार, कार्तिक १०, २०७७

तेज वली
तुलसीपुर दशै तिहारको विचमा हुनसक्ने संभावित अपराधिक घटना नियन्त्रणका लागि प्रहरीेले दाङको तुलसीपुरमा छड्के भिग्रस चेकिङ सुरु गरेको छ । भिग्रस चेकिङलाई तुलसीपुर भित्रीने र बाहिरीने नाकामा केन्द्रित गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो । प्रहरीले यो अभियान एक हप्ता अघिदेखी सुरू गरेको हो ।
छ्ड्के भिग्रस चेकिङ उत्तरमा गोठीखोला, दक्षिणमा दमारगाउँ र पश्चिमा पातुखोला पुलमा गर्ने गरिएको छ । त्यसैगरी, सरपराईज, ज्वाइन्ट, र पेटोल गस्तीलाई पनि अवस्था हेरेर गर्ने गरिएको छ ।
छ्ड्के भिग्रस चेकिङमा कुनै व्यक्तिलाई शंका लागेमा खुट्टादेखि शिरसम्म खानतलासी गर्ने र आवश्यक परे अनुसन्धानका लागि नियन्त्रणमा लिने गरिन्छ । भिग्रस चेकिङमा एक सय जना खानतलासीमा परेका छन् । चाडपर्वको समयमा चोरी, कुटपिट, लुटपाट र अन्य आवान्छित कृयाकलाप हुने गरेकाले सुरक्षा सतर्कता बढाईएको प्रहरी प्रमुख डिएसपी सिंहले बताउनुभयो । सरपराइज चेकिङ एक्कासी गरिनछ भने जनपथ प्रहरी सशस्त्र प्रहरीले संयुक्त रुपमा गर्ने गस्तीलाई प्रहरीले ज्वाइन्ट गस्ती भन्ने गरेको डिएसपी सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!