०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

काठमाडौंमा विद्युतीय ट्याक्सी गुड्ने सुन्दर यातायातले थाल्यो तयारी

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

ABC Sanchar
काठमाडौं संघीय राजधानी उपत्यकामा विद्युतीय बस सेवा सञ्चालन गरिरहेको सुन्दर यातायातले अब विद्युतीय ट्याक्सी सेवा पनि सञ्चालन गर्ने भएको छ ।
‘उपयुक्त वातावरण’ भएमा तिहार पछि उपत्यकाका सडकमा सुन्दर यातायातका विद्युतीय ट्याक्सी गुड्नेछन् ।
सुन्दर यातायात प्रालिले अहिले विद्युतीय ट्याक्सी सञ्चालनका लागि सरकारबाट अनुमति प्राप्त गर्ने प्रक्रियामा रहेको जनाएको छ ।
सरकारले जति छिटो अनुमति प्रदान ग¥यो त्यति नै छिटो विद्युतीय ट्याक्सी सञ्चालन गरिने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।
सुन्दर यातायात प्रालिले दशैं, तिहार तथा छठ पर्वको शुभकामना सन्देश जारी गर्दै छिट्टै विद्युतीय ट्याक्सी २सेवा शुरु गर्ने जानकारी गराएको हो ।
सुन्दर यातायातले ४ सिट क्षमता र ५ सिट क्षमताका दुईवटा विद्युतीय कारलाई ट्याक्सीका रुपमा सञ्चालनमा ल्याउने जनाएको छ ।
४ सिट क्षमताको भएको ट्याक्सीमा ३२ किलोवाट क्षमताको ब्याट्री हुने छ । यो कार एकपटक चार्ज गरेपछि १ सय ५० किलोमिटरसम्म कुद्ने छ ।
यस्तै, ५ सिट क्षमताको कारमा ४२ किलोवाट क्षमताको ब्याट्री प्याक हुनेछ । यो कार एकपटक चार्ज गरेपछि २ सय किलोमिटर सम्म कुद्ने छ ।
हाल पेट्रोल इन्जन भएका सुजुकी अल्टो ८००, हुन्डाइ ईओन, टाटा ई–जेटा लगायतका कारहरु काठमाडौंमा ट्याक्सीका रुपमा प्रयोग भइरहेका छन् ।
केही समय अगाडि मात्रै सरकारले ट्याक्सीका सन्दर्भमा नयाँ मापदण्ड जारी गरेको थियो । यद्यपि नयाँ मापदण्डअनुसारका ट्याक्सी भने सडकमा गुडिसकेका छैनन् ।
विद्युतीय ट्याक्सीका सन्दर्भमा भने सरकारले कुनै निश्चित मापदण्ड तोकिसकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापाका अनुसार नेपाली नागरिकले भारतीय विमानस्थलमा पासपोर्ट देखाएर भोडाफोन वा एयरटेलजस्ता टेलिकम प्रदायकका काउन्टरबाट सीमकार्ड लिन सक्ने व्यवस्था भएको छ। “भारतले पछिल्लो समय आधिकारिक कागजात देखाएर सीमकार्ड उपलब्ध गराउने नीति ल्याएको छ,” थापाले जानकारी दिँदै भने, “अब नेपाली नागरिकले पासपोर्ट देखाएर सहजै तीन महिनाको […]

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

error: Content is protected !!