११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

बर्दियामा बाघको आक्रमणबाट दुईजनाको मृत्यु

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

महेन्द्र सिंह
गुलरीया बर्दियाको मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी २ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका वडानम्बर ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो ।
धनौराको बेलझुण्डी सामुदायिक वनमा बाख्रा चराउन गएका दिनेश थारु लामो समयम्म वनबाट नफर्किएपछि रमेश चौधरी खोजीका लागि जंगल गएका थिए ।
जंगल गएका दुवै जना लामो समयसम्म पनि नफर्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा दुवै जना बाघले आक्रमण गरेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!