२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

बर्दियामा बाघको आक्रमणबाट दुईजनाको मृत्यु

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

महेन्द्र सिंह
गुलरीया बर्दियाको मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी २ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका वडानम्बर ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो ।
धनौराको बेलझुण्डी सामुदायिक वनमा बाख्रा चराउन गएका दिनेश थारु लामो समयम्म वनबाट नफर्किएपछि रमेश चौधरी खोजीका लागि जंगल गएका थिए ।
जंगल गएका दुवै जना लामो समयसम्म पनि नफर्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा दुवै जना बाघले आक्रमण गरेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]