२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

दैलेखमा कुटपिटबाट एकजनाको मृत्यु ६ जना पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

भावना हमाल दैलेखको नौमुले गाउँपालिका-१ राइले धनीगाउँ बस्ने ४० वर्षीय भबिन्द्र शाहीको कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भबिन्द्रलाई मंगलबार बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गरी गम्भीर घाइते बनाएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र ईलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उक्त घटनाको अनुसन्धानको क्रममा ६ जनालाई नियन्त्रणमा लिएको हो । कुटपिटबाट गम्भीर घाइते भएका भबिन्द्रको घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]