०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सशस्त्र प्रहरीको ठुलो सफलता लागूऔंषध नाईट्रोभेट सहित २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

(ABC क्राईमबिट)
महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ३ बोर्डर स्थित बि.ओ.पि .बाट खटिएको आई.डि. न.६१६२ का सशस्त्र प्रहरी सहायक निरीक्षक प्रमोद झाको कमान्डमा ५ जनाको बोर्डर चेकप्वाईट डिउटी टोलिले भारतबाट झोलामा राखी नेपाल तर्फ आउदै गरेको दुई जनालाई सन्कालागि चेकजाँच गर्दा उनिहरुसङ्ग लागु औषध नाईट्रोभेट १५०० पिस बरामद भएको थियो ।
पक्राउ पर्नेमा जिल्ला दोलखा टुलोपात गापा वडा न.९ बस्ने ललित भुजेलको छोरा बर्ष २७ को असिम भुजेल र जिल्ला सिन्धुली कमलामाई न.पा. बस्ने टेक बहादुर भुजेलको छोरा बर्ष २७ को मनोज भुजेललाई लागु औषध सहित नियन्त्रणमा लिई आवस्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय जलेश्वरमा पठाईएको सशस्त्र प्रहरी निरीक्षक बिर्ख बहादुर शाहीले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!