०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कर्मचारीमा कोरोना देखिए पछी राप्ती गाउँपालिका कार्यालय सँगै १ र ३ वडा कार्यालय सिल

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

बिदुर एमसी
दाङ भालुवाङ कर्मचारीमा कोरोना देखिएपछि देउखुरीको राप्ती गाउँपालिकाको कार्यालय सँगै १ र ३ नम्बर वडा कार्यालय ४ दिनका लागि सिल गरिएको छ । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आज एक सूचना जारी गर्दै बुधबार देखि कात्तिक १६ गतेसम्म ३ वटा कार्यालय सिल गरिएको जानकारी दिएका छन् ।
गाउँपालिका अन्तरगत रोजगार सेवा केन्द्रमा कार्यरत एक पुरुष कर्मचारीमा कोरोना देखिएपछि अहिले उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उनको सम्पर्कमा आएका अन्य कर्मचारीमा पनि कोरोना हुन सक्ने र त्यसबाट सेवाग्राहीमा समेत संक्रमण फैलन सक्ने भएकाले गाउँपालिका अन्तरगत संकट ब्यवस्थापन समितिले ४ दिनकालागि कार्यालय सिल गर्ने निर्णय गरेको अध्यक्ष सुवेदीले बताए ।
साथै अत्यावश्यक काम परे वडाध्यक्ष, गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशाकीय अधिकृतलाई सम्पर्क गर्न सकिने सूचनामा जनाइएको छ । सूचनामा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!