१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

युवायुवतीलाई साइबर ब्यूरोको अनुरोध म्यासेन्जरमा गोप्य भिडियो माग्ने कल आए प्रहरीलाई खबर गर्नु

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

ABC क्राईबिट
काठमाडौं नेपाल प्रहरीको साइबर ब्यूरोले अपरिचित नम्बरबाट आउने फोन सामाजिक सञ्जालमा आउने सन्देश (म्यासेज) बारे सचेत रहन युवा–युवतीहरुमा अनुरोध गरेको छ ।
पछिल्लो समय ‘अननोन’, ‘प्राइभेट’ वा कुनै नम्बर डिस्प्ले नै नहुने तथा सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर फोन गरी गोप्य विवरण माग्ने गरेका घटना बढेको भन्दै साइबर ब्यूरोले त्यसप्रति सचेत रहन आग्रह गरेको हो ।
प्रहरीका अनुसार केही व्यक्तिहरुले अननोन नम्बर र फेसबूक म्यासेन्जर र सामाजिक सञ्जालबाट कल गरेर साइबर क्राइम डिपार्टमेन्टबाट बोलेको भन्दै विभिन्न व्यक्तिहरुलाई ब्ल्याकमेलिङ गर्ने गरेका छन् ।
‘म साइबर डिपार्टमेन्टबाट बोलेको हो, तपाईंको फेसबूक ह्याक भएको छ, अश्लिल फोटो, भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, हामीले एक पटकको लागि त्यसो हुनबाट रोकिदिएका छौं, तर भेरिफिकेशनका लागि तपाईंले आफ्नो न्यूड फोटो, भिडियो पठाउनुहोस् भनेर ई–मेल, सामाजिक सञ्जाल, फेसबूकको म्यासेन्जरमा पठाउन लगाउने, तत्पश्चात उक्त ई–मेल, फेसबूकको आई डी, म्यासेन्जर डीएक्टीभ गर्ने गरेको भन्ने सूचना एवम उजुरीहरु प्राप्त भैरहेकोप्रति ब्यूरोको ध्यानाकर्षण भएको छ,’ साइबर ब्यूरोका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले एक वक्तव्य जारी गर्दै भनेका छन् ।
साइबर ब्यूरोल त्यस्ता गतिविधिहरु गैर कानूनी भएको उल्लेख गर्दै झुक्यानमा पार्ने खालका क्रियाकलापहरुबाट सचेत रहन र आफ्ना व्यक्तिगत कुनै पनि विवरणहरु उपलब्ध नगराउन अनुरोध गरेको छ । साथै त्यस्ता कार्यहरु भए गरेको पाइएमा तत्काल आफ्नो अभिभावक, नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गर्न पनि एसएसपी अर्यालले अनुरोध गरेका छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुपन्देही । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा ९८ पुरुष र २३ महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा कुल ८०२ वटा सवारी दुर्घटना भएका थिए, जसमा १ हजार १६२ सवारीसाधन संलग्न थिए । ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले सुविधासम्पन्न सडकमा चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना बढेको बताइन् । […]

दाङ । लसीपुर ७ को मोतिपुरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएका बरिष्ठ हवल्दार बराइली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । इप्रका तुलसीपुरबाट अन्य दुईजना सादा पोशाकका प्रहरीलाई साथमा लिएर हिजो आइतबार दिउँसो साढे २ बजेको समयमा गएका बरिष्ठ हवल्दार बराइली लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा […]

खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बाँके । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा […]

error: Content is protected !!