०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

उद्योग वाणिज्य महासंघको हरेक निर्वाचनमा नेपालगन्ज उद्योग वाणिज्य संघ अगाडि

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

महेन्द्र सिंह
बाँके क बर्गको जिल्लास्तरीय संघ भएका कारण मात्र होइन अन्य जिल्लालाई समेत प्रभावित गर्ने भएका कारण नेपालगन्ज उद्योग वाणिज्य संघले शुरु देखि नै केन्द्रीय निर्वाचनको नतिजा प्रभावित गर्न सक्ने सार्मथ्य राख्ने गरेको छ ।
संघले पश्चिमका अन्य उद्योग वाणिज्य संघलाई समेत लिड गर्ने भएकाले चुनाव निर्णायक हुने ठानिन्छ । केन्द्रीय सदस्य समेत भइसकेका संघका पूर्वअध्यक्ष दामोदर आचार्य महासंघको निर्वाचनमा संघको भूमिका निर्णायक र नेतृत्वदायी हुँदै आएको बताउँछन् ।
पश्चिमकै सबैभन्दा ठूलो उद्योग वाणिज्य संघको महत्वलाई देशभरका व्यवसायीले बुझेको उनले स्मरण गरे ।
पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार, केन्द्रीय नेतृत्व वा पदाधिकारीमा निर्वाचन जित्नेले नेपालगन्जलाई बिश्वासमा लिनैपर्ने अवस्था रहँदै आएको छ । महासंघको राजनीतिमा नेपालगन्जको भूमिका सशक्त रहँदै आएको श्रेष्ठले बताए ।
आगामी मंसिर ११ र १२ गते काठमाण्डौंमा तोकिएको महासंघ निर्वाचनसंगै यहाँका उद्योगी, व्यवसायीका नेतालाई चुनावले छोएको छ । यसपटक नेपालगन्ज उद्योग वाणिज्य संघले केन्द्रीय सदस्यमा निर्वतमान अध्यक्ष नन्दलाल बैश्य र प्रदेशबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यमा रचना श्रेष्ठलाई उम्मेदवारीका लागि सिफारिस गरिएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघ मात्र नभई यसपटक कोहलपुर उद्योग वाणिज्य संघले समेत नगर वाणिज्य संघबाट केन्द्रीय सदस्यमा चक्रप्रसाद अधिकारी चुनावी मैदानमा उठाएको छ ।
महासंघको निर्वाचनमा वा निर्वाचन पछि पनि नेपालगन्जको दवदवा रहँदै आएको छ । नेपालगन्जले नै समर्थन गरेका उम्मेदवार नेतृत्वमा पुगेको अवस्था छ । नेपालगन्जकै भवानी राणा महासंघकै केन्द्रीय अध्यक्ष छन्, यो कुराले पनि संघको महत्व पुष्टि हुन्छ ।
महासंघ केन्द्रमा ५० को दशकयात नेपालगन्जबाट कुमुद दुगड, अच्यूत प्रसाई, दामोदर आचार्य, सुनिल शर्मा, कृष्णप्रसाद श्रेष्ठ केन्द्रीय सदस्य भए । पूर्व अध्यक्ष केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएको इतिहास छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बिगतमा झैं यसपटकमा पनि संघको निवाचनमा आफुहरुको सशक्त भूमिका रहने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!