११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

उद्योग वाणिज्य महासंघको हरेक निर्वाचनमा नेपालगन्ज उद्योग वाणिज्य संघ अगाडि

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

महेन्द्र सिंह
बाँके क बर्गको जिल्लास्तरीय संघ भएका कारण मात्र होइन अन्य जिल्लालाई समेत प्रभावित गर्ने भएका कारण नेपालगन्ज उद्योग वाणिज्य संघले शुरु देखि नै केन्द्रीय निर्वाचनको नतिजा प्रभावित गर्न सक्ने सार्मथ्य राख्ने गरेको छ ।
संघले पश्चिमका अन्य उद्योग वाणिज्य संघलाई समेत लिड गर्ने भएकाले चुनाव निर्णायक हुने ठानिन्छ । केन्द्रीय सदस्य समेत भइसकेका संघका पूर्वअध्यक्ष दामोदर आचार्य महासंघको निर्वाचनमा संघको भूमिका निर्णायक र नेतृत्वदायी हुँदै आएको बताउँछन् ।
पश्चिमकै सबैभन्दा ठूलो उद्योग वाणिज्य संघको महत्वलाई देशभरका व्यवसायीले बुझेको उनले स्मरण गरे ।
पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार, केन्द्रीय नेतृत्व वा पदाधिकारीमा निर्वाचन जित्नेले नेपालगन्जलाई बिश्वासमा लिनैपर्ने अवस्था रहँदै आएको छ । महासंघको राजनीतिमा नेपालगन्जको भूमिका सशक्त रहँदै आएको श्रेष्ठले बताए ।
आगामी मंसिर ११ र १२ गते काठमाण्डौंमा तोकिएको महासंघ निर्वाचनसंगै यहाँका उद्योगी, व्यवसायीका नेतालाई चुनावले छोएको छ । यसपटक नेपालगन्ज उद्योग वाणिज्य संघले केन्द्रीय सदस्यमा निर्वतमान अध्यक्ष नन्दलाल बैश्य र प्रदेशबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यमा रचना श्रेष्ठलाई उम्मेदवारीका लागि सिफारिस गरिएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघ मात्र नभई यसपटक कोहलपुर उद्योग वाणिज्य संघले समेत नगर वाणिज्य संघबाट केन्द्रीय सदस्यमा चक्रप्रसाद अधिकारी चुनावी मैदानमा उठाएको छ ।
महासंघको निर्वाचनमा वा निर्वाचन पछि पनि नेपालगन्जको दवदवा रहँदै आएको छ । नेपालगन्जले नै समर्थन गरेका उम्मेदवार नेतृत्वमा पुगेको अवस्था छ । नेपालगन्जकै भवानी राणा महासंघकै केन्द्रीय अध्यक्ष छन्, यो कुराले पनि संघको महत्व पुष्टि हुन्छ ।
महासंघ केन्द्रमा ५० को दशकयात नेपालगन्जबाट कुमुद दुगड, अच्यूत प्रसाई, दामोदर आचार्य, सुनिल शर्मा, कृष्णप्रसाद श्रेष्ठ केन्द्रीय सदस्य भए । पूर्व अध्यक्ष केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएको इतिहास छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बिगतमा झैं यसपटकमा पनि संघको निवाचनमा आफुहरुको सशक्त भूमिका रहने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सभापति रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो उपसभापति डा. स्वर्णिम वाग्ले काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्। शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा […]

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

error: Content is protected !!