०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

प्रादेशिक अस्पताल तुलसीपुरले अतिक्रमित जग्गा खाली गराउने तयारीमा

Logo
प्रकाशित बिहिबार, कार्तिक १३, २०७७

तेज वली
दाङ राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउने तयारी गरेको छ । अस्पतालको ६ विघाह १७ कठ्ठा जग्गा मध्य करिब डेढ विघाह क्षेत्रफल अतिक्रमण गरेर घर टहरा निर्माण भएपछि हटाउने तयारी थालेको अस्पतालले बताएको छ ।
दशै लगत्तै अस्पतालले सर्बदलिय सर्वपक्षीय बैठक बोलाउने तयारी गरेको राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले जानकारी दिनुभयो । अतिक्रमित जग्गा खाली गराउनका लागि २०७२ सालदेखि अस्पताल विकास समिति र अस्पताल प्रशासनले कानुनी प्रकृया अघि बढाएको हो ।
अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउन अस्पतालले ९० दिन, ४५ दिन, ३५ दिन र १५ दिने सूचना समेत जारी गरी सकेको छ । समितिका अध्यक्ष न्यौपानेका अनुसार अस्पतालको भवनदेखि दक्षिण तर्फ सडकको पूर्व – पश्चिममा गरेर ८ वटा घर बनेका छन् भने उत्तर तर्फ ईलाका प्रहरी कार्यालय जाने सडकको पश्चिम तर्फ करिब २५ वटा घरटहरा निर्माण भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!