०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङमा दशैको टिका थाप्न जाने र आउनेको चहलपहल भिड सुरु

Logo
प्रकाशित बिहिबार, कार्तिक १३, २०७७

सागर थापा
दाङ कोरोना महामारीमा पनि यसवर्ष भौतिकरुपमै मानिसहरु दशैँको टिका थाप्न जाने गरेका छन् । एक ठाउँबाट अर्को ठाउँमा जाँदा कोरोना संक्रमणको जोखिम भएपनि अधिकांश मानिसहरु टिका थाप्नका लागि आफन्तकोमा जाने गरेका हुन् । टिका थाप्न जानेहरु विगत जस्तो उल्लेखनिय चहलपहल भने छैन् ।
कोरोना भएपनि वर्षदिनको चाड बडादशैँमा आफन्तकोमा जान लागेको तुलसीपुर–३ का रिमा पुनले बताउनुभयो । उहाँले भौतिकरुपमै उपस्थित भएपनि दुरी कायम गरी आर्शिवाद ग्रहण गर्ने बताउनुभयो ।
दाङका मुख्य बजार तुलसीपुर, घोराही, लमही, भालुबाङ, हापुरे लगायतका बजारमा आफन्तकोमा जाने मानिसहरुरको सडकमा चहलपहल तथा सार्वजनिक गाडीहरुमा मानिसहरुको चाप देख्न सकिन्छ । संक्रमण जोखिमको प्रवाह नगरी ठुलाबडा कहाँ आशिर्वाद ग्रहण गर्नका लागि मानिसहरु जाँदा चहलपहल देखिएको हो ।
सरकारले कोरोना संक्रमणको जोखिम बढ्दै गएको हुँदा जो जहाँ छौँ, त्यही बसेर दशै मनाउन आग्रह गरिसकेको छ । तर नागरिकस्तरबाट सरकारले तोकेको नियमको पालना हुन सकेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!