२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बारामा प्रहरी र प्याज तस्करबीच झडप प्रहरीले तस्कर माथि गोली चलाएयो

Logo
प्रकाशित बिहिबार, कार्तिक १३, २०७७

(ABC क्राईमबिट)
बारा भारतबाट सामान तस्करी ल्याएर आएकाहरुलाई नियन्त्रणमा लिन बारा प्रहरीले गोली चलाएको छ । जिल्लाका सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट तस्करीका सामान ल्याएकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार तस्करहरुले स्थानीयसँग मिलेर बुधबार राति सीमा क्षेत्रबाट प्याज ओसारेका थिए ।
तस्करी गरेर ल्याइएको प्याज नियन्त्रणमा लिने क्रममा तस्करको समूहसहित स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय १४ वर्षीय रञ्जन यादव घाइते भएका छन् ।
‘अन्तिम अवस्थामा आत्मरक्षाका लागि हवाइ फायर गरिएको हो । हवाइ फायर गर्दा गोली लागेर १ बालक घाइते भएका छन्,’ बाराका प्रहरी प्रमुख एसपी पंगेनीले भने ।
प्रहरीको गोली लागी घाइते भएका रञ्जनको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । स्थानीयका अनुसार चिकित्सकले रञ्जनको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।
स्थानीयले ढुङ्गामुडा प्रहार गर्दा प्रहरीतर्फ ३ जना घाइते भएका छन् । प्रहरीतर्फ प्रहरी नायव निरीक्षक (सई) वीरेन्द्र गिरीसहित ३ जना घाइते भएका हुन् । घाइते ३ जनाको बाराको कलैयामा नै उपचार भइरहेको एसपी पंगेनीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]