०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

भैरहवामा दुर्घटना न्यूनीकरण गर्न डमी ट्राफिक प्रहरी राखियो

Logo
प्रकाशित बिहिबार, कार्तिक १३, २०७७

(ABC क्राईमबिट)
भैरहवा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले पैदलयात्रु र सवारीसाधनलाई ट्राफिक नियमसम्बन्धि सचेतना जगाउने, लेन अनुशासन, जेब्रा क्रसिङका बारेमा चेतना अभिबृद्धि गरी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मुख्य चोकहरुमा डमी राख्न सुरु गरेकोे छ ।
डमीमा ट्राफिक नियम उल्लंघनबारे विभिन्न किसिमका प्लेकार्डसमेत राखिएको छ । झट्ट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारीचालकले आफ्नो सवारीसाधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी डम्बर बहादुर विकले जानकारी दिए ।
उनले भने, ‘जनशक्ति कम हुँदा सबै ठाउँ ट्राफिक प्रहरीले ड्यूटी गर्न नभ्याउन सक्छ, यस्तो बेला सडकमा राखिएको डमीले पैदलयात्रु र सवारीसाधन चालकलाई नियम पालना गराउन मद्दत पुग्ने हाम्रो विश्वास छ ।’
भैरहवा क्षेत्रको अति व्यस्त चोकहरु बर्मेलीटोल, देवकोटाचोक र मिलन चोकमा ट्राफिक डमी राखिएको छ ।
ट्राफिक डमी र त्यसमा बोर्ड राखिएपछि सवारी चालक, यात्रु सबैमा लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव पर्ने र नागरिकले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गर्ने विश्वास आफूहरुले लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक दिवश बहादुर जिसीले बताए । हाललाई ५ ठाउँमा ट्राफिक प्रहरी डमी राखिने र यसको प्रभावकारिता हेरेर जिल्लाभर डमी राख्ने कामलाई विस्तार गरिने जिसीले जनाए । ट्राफिक डमी राख्ने कार्यक्रममा रुपन्देही प्रहरी प्रमखु प्रहरी उपरीक्षक प्रवीण पोखरेल, विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख लगायत सहभागि थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ । के तपाईंले कहिल्यै प्रेसर कुकुर पड्केको दृश्य नियाल्नु भएको छ ? कुकर पड्किँदाको विध्वंश कल्पनुस् त । ढक्कन एकातिर, कुकर अर्कोतिर । कुकरभित्रको खानेकुरा सिलिङदेखि भूइँभरि छरपष्ट । यत्रतत्र कुकरका टुक्रा । कुकर पड्केजसरी यदि मानिस बमले पड्किँदो हो त कति टुक्रामा बाँडिने हुन् ? त्यसभित्रको खानेकुरा उछिट्टिएझैं शरिर चोइटिएर टुक्रा-टुक्रा हुँदाको दृश्य […]

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ । लामिछानेलाई नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पुर्‍याइएको हो । रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको […]

error: Content is protected !!