०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

भैरहवामा दुर्घटना न्यूनीकरण गर्न डमी ट्राफिक प्रहरी राखियो

Logo
प्रकाशित बिहिबार, कार्तिक १३, २०७७

(ABC क्राईमबिट)
भैरहवा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले पैदलयात्रु र सवारीसाधनलाई ट्राफिक नियमसम्बन्धि सचेतना जगाउने, लेन अनुशासन, जेब्रा क्रसिङका बारेमा चेतना अभिबृद्धि गरी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मुख्य चोकहरुमा डमी राख्न सुरु गरेकोे छ ।
डमीमा ट्राफिक नियम उल्लंघनबारे विभिन्न किसिमका प्लेकार्डसमेत राखिएको छ । झट्ट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारीचालकले आफ्नो सवारीसाधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी डम्बर बहादुर विकले जानकारी दिए ।
उनले भने, ‘जनशक्ति कम हुँदा सबै ठाउँ ट्राफिक प्रहरीले ड्यूटी गर्न नभ्याउन सक्छ, यस्तो बेला सडकमा राखिएको डमीले पैदलयात्रु र सवारीसाधन चालकलाई नियम पालना गराउन मद्दत पुग्ने हाम्रो विश्वास छ ।’
भैरहवा क्षेत्रको अति व्यस्त चोकहरु बर्मेलीटोल, देवकोटाचोक र मिलन चोकमा ट्राफिक डमी राखिएको छ ।
ट्राफिक डमी र त्यसमा बोर्ड राखिएपछि सवारी चालक, यात्रु सबैमा लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव पर्ने र नागरिकले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गर्ने विश्वास आफूहरुले लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक दिवश बहादुर जिसीले बताए । हाललाई ५ ठाउँमा ट्राफिक प्रहरी डमी राखिने र यसको प्रभावकारिता हेरेर जिल्लाभर डमी राख्ने कामलाई विस्तार गरिने जिसीले जनाए । ट्राफिक डमी राख्ने कार्यक्रममा रुपन्देही प्रहरी प्रमखु प्रहरी उपरीक्षक प्रवीण पोखरेल, विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख लगायत सहभागि थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!