०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

सुनसरी प्रहरीले पेस्तोल र दुई राउण्ड गोलीसहित युवक पक्राउ

Logo
प्रकाशित शुक्रबार, कार्तिक १४, २०७७

ABC क्राईमबिट                                                     सुनसरी भोक्राहा नरसिंह गाँउपालिका-७ स्थितबाट हतियार लुकाई राखेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थान बस्ने २३ बर्षीय टुमा सिंह यादब रहेका छन । यादबले आफ्नो घरमा हतियार लुकाई राख्ने र स्थानीय मानिसहरुलाई ज्यान मार्ने धाकधम्की समेत दिने गरेको विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार नियन्त्रणमा लिएको थियो। यादबलाई नियन्त्रणमा लिए संगै उनको घर कम्पाउण्डमा खानतलासी गर्ने क्रममा शौचालयको सेफ्टी ट्याङकीको छेउमा कालो प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा ७.६५७ मेड इन इन्डिया लेखिएको पेस्तोल थान-१ र २ राउण्ड गोली लोड गरीएको म्याग्जीन थान १ समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका यादब उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!