१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

तुल्सीपुर डिएसपी सिंहको सफलता सखुट्टा काट्ने दुईजनालाई पक्राउ

Logo
प्रकाशित शुक्रबार, कार्तिक १४, २०७७

तेज वली                                                  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ बर्षीय कुमार विकको बाँया खुट्टा छुटिने गरि भएको आक्रमणमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रबार पत्रकार सम्मेलन गरि हत्यामा संलग्न भएको अरोपमा दुईजनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ उत्तर कुररीया निवासी २२ बर्षीय पवन चौधरी र तुलसीपुर १० पढ्ढा निवासी २४ बर्षीय अमृत चौधरी रहेका छन् । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । उनीहरुको साथबाट आक्रमणमा प्रयोग गर्न प्रयोग गरिएको एकथान खुर्पा, अभियुक्तले घटनामा संलग्न रहेको अबस्थामा लगाएका कपडाहरु बरामद गरेको छ ।
गम्भीर घाईते भएका विकको भारतको लखनउमा उपचार भइरहेको छ । कात्तिक १० गते दशैको दिन साँझ १० बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरीमा पुकार पसलबाट पढ्ढा तर्फ जाने सडकमा बिकलाई आक्रमण गरिएको हो । भाञ्जाको विहेबाट भोजमा सहभागी भई एक्लै घरतर्फ जाँदै गरेको अबस्थामा बिकमाथि आक्रमण भएको प्रहरीले बताएको छ । उनको खुट्टाको पैतला छिनिएको छ, भने हातको हत्केला र ढाडमा चोट लागेको छ । घटनामा अन्य व्यक्तीहरु पनि संलग्न हुन सक्ने भन्दै यस विषयमा अनुन्धान भइरहेको उनको भनाई छ । एकान्त स्थानमा घटना भएको र स्थानीयहरुले पनि केही कुरा बोल्न नमानेकाले अनुसन्धानमा समस्या भएको उनको भनाई छ ।
सोही दिन तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरी स्थित आशिष चौधरीको घरमा नाचगान भइरहेको समयमा स्थानीय दुर्गा प्रसाद चौधरीसंग विवाद हुँदा झडप भएको थियो । आक्रमणको क्रममा सोही ठाउँका ४२ बर्षीय सुसिल चौधरीसहित ११ जना व्यक्तिले दुर्गा प्रसाद चौधरीको टाउको लगायत शरिरका बिभिन्न अंगहरुमा प्रहार गर्दा गम्भीर घाईते भएका थिए । उनको अहिले कोहलपुर उपचार भइरहेको छ ।
अबस्था सामान्य रहेको प्रहरीले बताएको छ । आक्रमणमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ, भने अन्य फरार छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपापिलका वडा नं. १४ निवासी २२ बर्षीय विजय चौधरी, सोही ठाउँका २३ बर्षीय अशोक चौधरी, १८ बर्षीय तिलक चौधरी, २१ बर्षीय सुनिल चौधरी, २८ बर्षीय पवन चौधरी र १९ बर्षीय आशिष चौधरी रहेका छन् । पक्राउ परेकाहरुमध्ये पवन चौधरी दुबै घटनामा संलग्न भएको पाईएको छ । नाचगान गर्ने क्रममा उत्पन्न विवादले नै यी दुई घटना निम्त्याएको प्रहरी नायब उपरीक्षक सिंहले बताए । एक घण्टाको फरकमा यी दुई घटना भएका थिए । आसपासमा प्रहरी चौकी नहुँदा पनि त्यस स्थानमा अपराधिक गतिबिधिहरु बढिरहेको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा *१४ तले नयाँ भवन* बन्ने भएको छ। यो भवन *प्रहरी महानिरीक्षक सचिवालय भवन* का रूपमा निर्माण हुनेछ। *मुख्य कुरा:* 1. *स्थान*: नक्साल, काठमाडौं महानगरपालिका-१ 2. *क्षेत्रफल*: नेपाल प्रहरीको स्वामित्वमा रहेको *६२,४८१.५४ वर्गमिटर* जग्गा 3. *उद्देश्य*: हाल नक्साल र भृकुटीमण्डपमा छरिएर रहेको कार्यालयलाई एउटै ठाउँमा व्यवस्थित गर्ने, […]

पर्सा । नेपाल प्रहरीले एकै दिनमा भारत बेच्न लगिएका *४ जना बालिकाको सकुशल उद्धार* गरेको छ र बेचबिखनमा संलग्न *२ भारतीयसहित ३ जनालाई पक्राउ* गरेको छ। *कहाँ र कसरी भयो:* 1. *पर्सा नाका*: नेपाल–भारत सीमाबाट भारततर्फ लैजाँदै गरिएका ३ जना साना बालिकालाई प्रहरीले रोकेर उद्धार गर्‍यो। 2. *लितपुर खुमल्टार*: ललाइफकाई दिल्ली लैजान लागिएको एक बालिकालाई […]

error: Content is protected !!