१३ साउन २०८२, मंगलबार
29-07-2025 , Tue
×

पर्सा प्रहरीले अवैध हजारौं चल्लासहित ट्रक र मोटरसाइकल पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक १५, २०७७

ABC क्राईमबिट
पर्सा विषेश सुचनाको आधारमा गए राती जिल्ला पर्सा बिन्दाबासिनी गा.पा.वडा नं.३ स्थित पुग्दा BR 05S 3389, BR 05S 4158 र BR 05S 1143 नं.को मोटरसाईकलमा चल्ला लोड गरी भारत तर्फ लैजादै गरेको अवस्थामा सूचना अनुसार यस कार्यालयबाट खटि गएको प्रहरी टोलीलाई देख्ना साथ मोटरसाईकल तथा सो मा लोड रहेको कुखुराको चल्ला सोही स्थानमा नै छाडी मो.सा.चालकहरु भागी फरार भएकोले खोज तलास गर्दै जाने क्रममा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.५ स्थित खाली चौरमा रोकी राखेको ग १ क २५९० नं.को मिनी ट्रकको चालक जिल्ला धादिङ सितालेख गा.पा.वडा नं.२ बस्ने वर्ष २४ को कृष्ण बहादुर नेपाली, सह-चालक ऐ.ऐ.बस्ने वर्ष २९ को राम कृष्ण नेपाली र ना.३ च ३२४८ नं.को पिकअप गाडीको चालक जिल्ला चितवन कालिका न.पा.वडा नं.६ बस्ने वर्ष २४ को सुवर्ण कुम्हालसंग सोधपुछ गर्दा उक्त चल्ला चितवनबाट ल्याएको हो भनी बताएकोले उल्लेखित नं.का मोटरसाईकल, मिनि ट्रक र पिकअप गाडी सहित उक्त गाडीहरुमा रहेका कुखुराको चल्ला ३२६३२ गोटा बरामद गरी निज कृष्ण बहादुर नेपाली, राम कृष्ण नेपाली र सुर्वण कुम्हाललाई गाडी सहित निजहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला पशु क्वारेन्टाईन सिर्सिया पर्सामा पठाईएको एसपी गगा पन्तले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चिसापानी आउने भएपछि भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की त्यसतर्फ जाँदै थिए । तर, दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएर दुर्घटनामा भएको छ। मंगलबार कैलालीको लम्कीमा गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ […]

आचारसंहिताका आधारमा जतिसुकै शक्तिशाली मिडियालाई पनि कारबाहीको दायरामा ल्याउन सक्ने व्यवस्थासहितको काउन्सिल चाहिएको हो संसद्मा मिडिया काउन्सिल विधेयक विचाराधीन छ । मन्त्रालयले बनाएको र राष्ट्रिय सभाले पारितसमेत गरिसके विधेयक प्रतिनिधि सभामा पुगेको छ । अहिले त्यो विधेयकमाथि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समतिले छलफल भइरहेको छ । विधेयकको मस्यौदा हेर्दा निकै नै आपत्तिजनक […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ९ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह […]

error: Content is protected !!