०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

पर्सा प्रहरीले अवैध हजारौं चल्लासहित ट्रक र मोटरसाइकल पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक १५, २०७७

ABC क्राईमबिट
पर्सा विषेश सुचनाको आधारमा गए राती जिल्ला पर्सा बिन्दाबासिनी गा.पा.वडा नं.३ स्थित पुग्दा BR 05S 3389, BR 05S 4158 र BR 05S 1143 नं.को मोटरसाईकलमा चल्ला लोड गरी भारत तर्फ लैजादै गरेको अवस्थामा सूचना अनुसार यस कार्यालयबाट खटि गएको प्रहरी टोलीलाई देख्ना साथ मोटरसाईकल तथा सो मा लोड रहेको कुखुराको चल्ला सोही स्थानमा नै छाडी मो.सा.चालकहरु भागी फरार भएकोले खोज तलास गर्दै जाने क्रममा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.५ स्थित खाली चौरमा रोकी राखेको ग १ क २५९० नं.को मिनी ट्रकको चालक जिल्ला धादिङ सितालेख गा.पा.वडा नं.२ बस्ने वर्ष २४ को कृष्ण बहादुर नेपाली, सह-चालक ऐ.ऐ.बस्ने वर्ष २९ को राम कृष्ण नेपाली र ना.३ च ३२४८ नं.को पिकअप गाडीको चालक जिल्ला चितवन कालिका न.पा.वडा नं.६ बस्ने वर्ष २४ को सुवर्ण कुम्हालसंग सोधपुछ गर्दा उक्त चल्ला चितवनबाट ल्याएको हो भनी बताएकोले उल्लेखित नं.का मोटरसाईकल, मिनि ट्रक र पिकअप गाडी सहित उक्त गाडीहरुमा रहेका कुखुराको चल्ला ३२६३२ गोटा बरामद गरी निज कृष्ण बहादुर नेपाली, राम कृष्ण नेपाली र सुर्वण कुम्हाललाई गाडी सहित निजहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला पशु क्वारेन्टाईन सिर्सिया पर्सामा पठाईएको एसपी गगा पन्तले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!