०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

महावीर राष्ट्रिय आविष्कार केन्द्रलाई डा.योगीद्वारा नगद २५ हजार सहयोग

Logo
प्रकाशित शनिबार, कार्तिक १५, २०७७

बिदुर एमसी
दाङ भालुवाङ महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई डा.शंकरनाथ योगीले नगद सहयोग गरेका छन् । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका १ भालुबाङ निवासी डा. योगीले राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौलाई नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
आविष्कार केन्द्रलाई नेपाल सरकारबाट कुनै पनि किसिमको सहयोग नआएको र केन्द्रले अस्पतालहरुमा सहयोग गरेकाले डा. योगीले उक्त रकम सहयोग गरेका हुन् । उक्त संस्थालाई सहयोग गर्ने मनसायले नेपाल सरकारको पुर्व सचिव भिम उपाध्याय सँग आजै मेसेज मार्फत पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको खाता नं. मागेका डा. योगीले उक्त रकम पठाएका हुन् ।
डा. योगीले ओम मेडिको फार्मेसी सञ्चालन गरि स्वास्थ्य सेवा दिइरहेका छन् । उनी सरकारी स्वास्थ्य संस्थामा पुर्ण निष्ठाका साथ काम गर्नुका अलावा सामाजिक क्षेत्रमा पनि उत्तिकै सकृय रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!