१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा हिउँदे अधिवेशन गर्ने प्रदेश सरकारको तयारी

Logo
प्रकाशित शनिबार, कार्तिक १५, २०७७

बिदुर एमसी
दाङ भालुवाङ लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको पहिलो बैठक बस्ने तयारी गरिएको छ । स्थायी राजधानी तोकिसकेपछि अधिवेशन देउखुरीमै सुरु गर्ने तयारी स्वरुप शुक्रबार सभामुख पूर्णबहादुर घर्तीको नेतृत्वमा टोली दाङको देउखुरी आइपुगेको हो ।
स्थानीय मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, उपसभामुख कृष्णी थारु, जिल्लाबाट नेतृत्व गर्ने प्रतिनिधि सभा र प्रदेश सभाका सांसद, सुरक्षा निकायका प्रमुखहरु सम्मेलित टोलीले सभा सञ्चालनका लागि राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयको संरचना र जग्गाको अवलोकन गरेको छ । अवलोकनपछि आयोजित कार्यक्रममा बोल्दै सभामुख घर्तीले सातौं अधिवेशनको पहिलो बैठक शिक्षालयमै सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
राजधानीको संरचनाका लागि जग्गा र पूर्वाधारको अवलोकन गर्न शुक्रबार दाङ आइपगेका सभामुख घर्तीले भने, ‘प्रदेशको सातौं अधिवेशनको पहिलो बैठक स्थायी राजधानी स्थलमै गर्ने तयारी भइरहेको छ । राप्ती प्राविधिक शिक्षालयको हाताभित्र रहेका संरचनामा प्रदेश सभा सञ्चालन गर्न सकिन्छ । यसका लागि सरकारको निर्णय आवश्यक पर्दछ ।
सभा सञ्चालनको तयारी स्वरुप संरचनाको अध्ययन गर्न आफूहरु आइपुगेको भन्दै सभामुख घर्तीले शिक्षालयको हाता भित्र रहेका सम्पूर्ण संरचना प्राप्त भएमा प्रदेश सभा सञ्चालन गर्न सकिने बताउनुभयो । ‘प्रदेश सभा सञ्चालनका लागि सानो तयारीले हुँदैन । दलका कार्यालय, विषयगत समितिका कार्यालय सञ्चालनका लागि प्रयाप्त संरचना आवश्यक पर्दछ । यसका लागि राप्ती प्राविधिक शिक्षालयको हाताभित्र रहेका सम्पूर्ण संरचनाहरु उपलब्ध गराउनुहुन्छ भने हामी तयार छौं’, सभामुख घर्तीले भने, ‘राप्ती प्राविधिक शिक्षालयलाई कहाँ स्थानान्तरण गर्ने भन्ने विषयमा यहाँको राजनीति र प्रशासनिक नेतृत्वले समयमै निर्णय गर्नुपर्दछ । इतिहासले यहाँहरुलाई थपिदिएको जिम्मेवारी वहन गर्न तयार हुनुहोस् ।’
उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्थानीय मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले संरचना प्राप्त भएमा सातौं अधिवेशनको पहिलो बैठक स्थायी राजधानीमै सञ्चालन गर्न सरकार तयार रहेको जानकारी दिएका छन् ।
तीन महिनाभित्र राजधानीको भविष्यको सहरको बिस्तृत डि.पी.आर. बनाउने र दुई वर्षभित्र संरचना निर्माणको कार्य सम्पन्न गर्ने सरकारको तयारी रहेको भन्दै मन्त्री केसीले सरकारलाई सहयोग गर्न स्थानीय राजनीतिक र प्रशासनीक नेतृत्वलाई आग्रह गरेका छन् । संरचनाको अवलोकनपछि बोल्दै लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुले राजधानीको संरचना निर्माणका लागि अध्ययनको कार्य चलिरहेको जानकारी दिए । उक्त अवसरमा बोल्दै राप्ती प्राविधिक शिक्षालय सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शिक्षालयका संरचना प्रदेश सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जानकारी दिएका छन् । १६ विगाह क्षेत्रफलमा फैलिएको शिक्षालयमा साना ठूला गरेर ३५ वटा पक्की भवन र ३ सयजनाको क्षमता रहेको व्यवस्थित सभाहल रहेको छ ।
शिक्षालयका सम्पूर्ण संरचना प्रदेश सरकारलाई हस्तान्तरण गर्न हामी तयार छौं’, प्रजिअ आचार्यले भन्नुभयो, ‘शिक्षालयमा १ हजार २ सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । शिक्षालयलाई व्यवस्थापन गर्नतर्फ ध्यान दिइनुपर्दछ । कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले शिक्षालयलाई व्यवस्थापन गर्ने संरचना गाउँपालिकाभित्रै रहेकाले कुनै समस्या नहुने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!