०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

भालुवाङमा दाङ देउखुरी आइडलद्धारा पत्रकार सम्मेलन

Logo
प्रकाशित शनिबार, कार्तिक १५, २०७७

बिदुर एमसी                                                           दाङ देउखुरी आइडलले शनिवार राप्ती गाउँपालिका १ पाखापानीमा पत्रकार सम्मेलन गरेको छ । “कला साँस्कृतिक संरक्षण हाम्रो अभियान, लुम्बिनी प्रदेशको राजधानी भालुवाङ हाम्रो पहिचान” भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेशका १२ जिल्लालाई कर्मथलो बनाई यस क्षेत्रको कला, संस्कृति र मौलिकतालाई उजागरण गर्ने गरी होटल पौवामा पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
आइडलका डाइरेक्टर तथा कोरियोग्राफी धिरज देवकरले आइडलका बारेमा विस्तृत जानकारी दिएका थिए । उनका अनुसार आइडल ४ चरणमा हुने छ । जसमा पहिलो चरण कार्तिक २० र २१ गते राप्ती गाउँपालिका १ पाखापानी स्थित होटल पौवामा अडिसन राउण्ड, दोस्रो चरणमा कार्तिक २२ र २३ गते कोरोग्राफी राउण्ड, तेस्रो चरणमा मंसिर ६ गते सेमिफाइनल राउण्ड होटल पौवामै गरिने र चौथो चरणमा फाइनल राउण्डको मिति भने पछि तय गरिने आइडलका डाइरेक्टर तथा कोरियोग्राफी देवकरले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!