०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाजुराका कम्युनिस्ट पाटीका पुरानो संस्थापक लोकप्रिय नेता शाहीको निधन

Logo
प्रकाशित आइतबार, कार्तिक १६, २०७७

महेन्द्र सिंह                                                          बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा वडा नं.०३ जुकोटमा २०१३/१२/१५ गते जन्मिनु भएका लोकराज शाहीको यही कार्तिक १३ गते उपचारका क्रममा असामुहिक निधन भएको थियो। उहाँ पूर्व खरिदार र बाजुरा जिल्लाको कम्युनिस्ट पार्टीका संस्थापक सदस्य समेत हुनु हुन्थ्यो भने हाल नेपालगञ्ज उपमहानगरपालिकामा बस्दै आइ हाल टोल विकास समितिको अध्यक्ष समेत हुनुहुन्थ्यो शाहीले समाज सेवा गर्दै आनु भएको थियो । उहाँको नेपालगञ्ज उपमहानगरपालिका वडा ०४ को वडा कमिटी अध्यक्ष कैलाश धामी, लगायतको टोलिले नेपाल कम्युनिस्ट पार्टीको झन्डा ओढाइ शाही प्रति अन्तिम श्रद्धाञ्जलीका अर्पण गरिएको थियो। शाहीले देखाएको कम्युनिस्ट आन्दोलन प्रतिको इमानदारीतालाइ सधैं पार्टीले शिरमा राखेर अगाडी बढ्ने अध्यक्ष धामीले बताएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!