०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

सशस्त्र प्रहरी बल बिओपी जमुनाले लाखौं मुल्यको अवैध सामग्री पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक १६, २०७७

महेन्द्र सिंह
सशस्त्र प्रहरी बल बिओपी जमुना बाँकेले भारतबाट अवैधरुपमा ल्याइँदै गरेको सामग्री पक्राउ गरेको छ । सशस्त्र प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जमुनाह गाउँ नजिकैबाट बेबारिसे अवस्थामा रहेका अवैध सामग्री पक्राउ गरेको हो । सशस्त्र प्रहरी सहायक निरिक्षक सन्तोष कुमार शर्माको कमाण्डमा खटिएको ७ जनाको सशस्त्र प्रहरीको गस्ती टोली आईतवार विहान ११ बजे १ लाख ४३ हजार मूल्य बराबरको कपडा जुत्ता पिपिई सेट, कस्मेटिक सामान सुर्तीजन्य पदार्थ लगायत एउटा पाइडल रिक्सा पक्राउ गरेको हो । नयाँ तरिकाले तस्करी गरेर रिक्सामा सामान ल्याइएपनि सशस्त्र प्रहरीको चलाखीले अवैध सामग्री बरामद भएको छ । बरामद गरिएका सामग्री थप आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी सहायक निरिक्षक शर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!