२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

दाङ प्रहरीले हजारौं लिटर घरेलु मदिरा समान जफत गरि नष्ट

Logo
प्रकाशित सोमबार, कार्तिक १७, २०७७

सागर थापा                                                        घोराही उपमहानगरपालिका वडा नं. १८ फुर्सेकाली क्षेत्रवाट जाँड १ सय ४२ ड्रम नष्ट गरेको छ । जो लिटरमा मापन गर्दा झन्डै ४ हजार ५० लिटर हुन जान्छ । त्यस्तै प्रहरीले थप ४० लिटर घरेलु मदिरापनि नष्ट गरेको छ । साथै घरेलु मदिरा बनाउन प्रयोग हुने औषधी पाँच बोरा र घरेलु मदिरा निर्माण गर्न प्रयोग गरिने भाँडा आठ सेट बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।
आउँदै गरेको तिहार लगाएत चाड पर्वलाई मध्यनजर गर्दै फुर्सेकाली क्षेत्रका विभिन्न व्यक्तिको घरवाट उक्त परिमानमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरि नष्ट गरेको डिएसपी खड्काले बताए ।
घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण तीव्र पारिएको भन्ने गोप्य सूचनाको आधारमा स्थानीयका घरहरुमा खान तलासी गर्दा ती सामाग्री बरामद भएको र त्यसपछि ती सामाग्री नष्ट गरिएको प्रहरीले बताएको छ । राज्यको नीतिमा घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण गैरकानुनी मान्दै आएको छ । त्यसैले त्यसको उत्पादन र विक्रि वितरणमा समेत रोक लगाउँदै आइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चियाको सेवन गर्नु फाइदा बेफाइदाहरु काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन २८, बुधबार) देशका कुन-कुन ठाउँमा बाढी आउने र जोखिम निम्तिने सम्भावना छ भनेर जानकारी दिएको छ। बाढी महाशाखाका अनुासर आज बिहान मापन गर्दा कोसीको सहायक नदी, महाकाली र बबई नदीको बहाव सतर्कता तह आसपास छ भने नारायणी, बागमती, कर्णाली, कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको […]

काठमाडौं । निर्वाचन आयोगले एक समूहले गरेको राष्ट्रिय भेला वैधानिक नभएको ठहर गर्दै लालवीर चौधरीको दाबी अस्वीकृत गरेको हो । यसअघि चौधरी नेतृत्वको समूहले राष्ट्रिय भेला मार्फत श्रेष्ठलाई हटाई आफूलाई अध्यक्ष तोकेको घोषणा गर्दै अद्यावधिकका लागि आयोगमा निवेदन दिएको थियो । तर आयोगले राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधानको अध्ययन, दुवै पक्षको लिखित जवाफ तथा […]

error: Content is protected !!