०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

बागलुङ एक हप्तालाई बजार क्षेत्रमा लकडाउन घोषणा

Logo
प्रकाशित सोमबार, कार्तिक १७, २०७७

ABC Sanchar
बागलुङ नगरपालिका बागलुङ आगमी एक हप्तालाई बागलुङबजार नगर क्षेत्रका ‘लकडाउन घोषण गर्न सिफारिस गरेको छ । बागलुङ बजार क्षेत्रको समुदायस्तरमा कोरोना पहिचान भएपछि संक्रमण रोकथामको लागि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय बागलुङलाई लकडाउन घोषण गर्न सिफारिस गरेको हो ।
यस अघि आईतबार विहान उद्योग वाणिज्य संघ बागलुङले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको कोरोना परीक्षण गर्ने सर्तसहित बन्दाबन्दी गर्न नगरपालिका र प्रशासनमा आफ्नो राय पेस गरेको थियो ।
एक हप्ता लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिलाई सिफारिस गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । ‘व्यवसायिक तथा स्वास्थ्यकर्मीको राय अनुसार लकडाउनको सिफारिस गरेका छौँ’ मेयर पौडेलले भन्नुभयो–‘ जनताको सुरक्षा स्थानीय सरकारको प्राथमिकता हो ।’
कोरोना संक्रमितका सम्पर्कमा रहेका सबैको क्लोज कन्ट्याक्ट टे«सिङ्ग गर्नुपर्ने, बजारका पसलमात्र नभएर बैंक तथा वित्तिय संस्थासहित यातायात सेवाबन्द गरेर मात्रा लकडाउन गर्न उद्योग वाणिज्य संघले लिखित राय पेस गरेको थियो ।
व्यापार व्यावसायभन्दा नागरिकको स्वास्थ्य ठुलो विषय भएको उल्लेख गर्दै संघले सर्तसहितका लकडाउन न्युनतम १४ दिनसम्म गर्न सकिने राय पेस गरेको उद्योग वाणिज्य संघ बागलुङका महासचिव नरेश कँडेलले जानकारी दिनुभयो ।
बागलुङ बजारको केही व्यवसायी, राजनीतिकर्मी, कर्मचारी, जनप्रतिनिधि र पत्रकारमा शनिबार कोरोना पुष्टि भएको थियो । बजार क्षेत्रमा चहलपहल बढ्दै जाँदा संक्रमण थप फैलिने त्रासले बन्दाबन्दी स्वीकार गर्न उद्योग वाणिज्य संघ तयार भएको हो । विगतमा जस्तो बजार बन्दगर्न आग्रहनगरे पनि सर्तसहित बन्दाबन्दीको पालना गर्न उद्योग वाणिज्य संघले सहमति जनाएको छ ।
लकडाउन सम्बन्धी नगरपालिका र उद्योग वाणिज्य संघको लिखित आग्रह प्राप्त भएको जानकारी दिँदै बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले लकडाउनको मोडालिटीबारे छलफल गर्न सोमबार सर्वपक्षीय बैठक डाकेको जानकारी दिनुभयो । विगतमा जस्तो कार्यालय नै बन्द हुने गरी लकडाउन नहुने उहाँले संकेत गर्नुभएको छ । उहाँले बजार क्षेत्रका पसल बन्दको आग्रह भएको उल्लेख गर्नुभयो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट सडकमार्ग हुँदै रुपन्देहीतर्फ लागेका छन्। काठमाडौँबाट विमानमा भरतपुर पुगेका उनी भरतपुरबाट सडकमार्ग हुँदै रुपन्देही जान लागेका हुन्। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन उनी रुपन्देही जान लागेका हुन्। उनी बिहानैदेखि भैरहवा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिए पनि […]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ । के तपाईंले कहिल्यै प्रेसर कुकुर पड्केको दृश्य नियाल्नु भएको छ ? कुकर पड्किँदाको विध्वंश कल्पनुस् त । ढक्कन एकातिर, कुकर अर्कोतिर । कुकरभित्रको खानेकुरा सिलिङदेखि भूइँभरि छरपष्ट । यत्रतत्र कुकरका टुक्रा । कुकर पड्केजसरी यदि मानिस बमले पड्किँदो हो त कति टुक्रामा बाँडिने हुन् ? त्यसभित्रको खानेकुरा उछिट्टिएझैं शरिर चोइटिएर टुक्रा-टुक्रा हुँदाको दृश्य […]

error: Content is protected !!