१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

बाँके प्रहरीले २२ ग्राम ब्राउन सुगरसहित ४ जना पक्राउ

Logo
प्रकाशित सोमबार, कार्तिक १७, २०७७

महेन्द्र सिंह                                                         बाँके प्रहरीले २२ ग्राम लागू औषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक सहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरो नेपालगञ्ज शाखा र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विषेश टोलीले नेपालगञ्ज–१३ किसान ईटाभट्टा नजिकबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा फाँट ईन्चार्ज तथा प्रहरी निरिक्षक हृदेश सापकोटाले दिएको जानकारी अनुसार २० ग्राम ब्राउन सुगरसहित भारत बहराइच जिल्ला रुपैडिहाका २९ वर्षिय राकेश सोनी, १८ वर्षिय जोगेन्द्र सोनी प्रहरी नियन्त्रणमा परेका हुन । यसैगरी खजुरा गाउपालिका–३ का २५ वर्षिय बिष्णुुु थापा र नेपालगञ्ज–२ का सागर थापाको साथबाट २ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसंन्धान अनुसार थापाद्वयले सोनीद्वयका साथबाट सो ब्राउन सुगर खरिद गरेको खुल्न आएको जनाईएको छ । प्रहरीले आवश्यक अनुसंधानको लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । विशेषगरी बाँकेको नेपालगञ्ज क्षेत्रमा पानीको अभावले पक्षीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्था गर्ने उद्देश्यले एक अभियान शुरु गरिएको छ। शनिबार आयोजित कार्यक्रममा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फालिएका प्लास्टिकका बोतल संकलन गरी पुनः प्रयोगमार्फत चराचुरुङ्गीले सहजरूपमा पानी पिउन सक्ने भाँडाहरू तयार पारिएका छन्। ती भाँडाहरू विभिन्न सार्वजनिक स्थान र रुखहरूमा राख्ने […]

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्। रोजर्सले मे २७ देखि जुन १० सम्म […]

बर्दिया । *के भयो:* – *स्थान*: भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएर स्थानीय गोठमा गोदाम बनाएर बेवारिसे अवस्थामा थुपारेको अवस्थामा – *बरामद*: *३२ बोरा = १६ क्विन्टल चिनी* – *अनुमानित मूल्य*: रु. १५,९५० प्रति क्विन्टलका दरले *कुल रु. १,५२,० /- एक लाख बाउन्न हजार मात्र* – *कारबाही*: लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप […]

error: Content is protected !!