०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके प्रहरीले २२ ग्राम ब्राउन सुगरसहित ४ जना पक्राउ

Logo
प्रकाशित सोमबार, कार्तिक १७, २०७७

महेन्द्र सिंह                                                         बाँके प्रहरीले २२ ग्राम लागू औषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक सहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरो नेपालगञ्ज शाखा र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विषेश टोलीले नेपालगञ्ज–१३ किसान ईटाभट्टा नजिकबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा फाँट ईन्चार्ज तथा प्रहरी निरिक्षक हृदेश सापकोटाले दिएको जानकारी अनुसार २० ग्राम ब्राउन सुगरसहित भारत बहराइच जिल्ला रुपैडिहाका २९ वर्षिय राकेश सोनी, १८ वर्षिय जोगेन्द्र सोनी प्रहरी नियन्त्रणमा परेका हुन । यसैगरी खजुरा गाउपालिका–३ का २५ वर्षिय बिष्णुुु थापा र नेपालगञ्ज–२ का सागर थापाको साथबाट २ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसंन्धान अनुसार थापाद्वयले सोनीद्वयका साथबाट सो ब्राउन सुगर खरिद गरेको खुल्न आएको जनाईएको छ । प्रहरीले आवश्यक अनुसंधानको लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!